back

संस्कार सुधार समाजको अध्यक्षमा ढकाल

काठमाडौं । संस्कार सुधार समाजको अध्यक्षमा पुण्यप्रसाद ढकाल चयन भएका छन् । आज काठमाडौंको नयाँ बानेश्वरमा भएको विशेष साधारणसभाले ढकालको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो । पेशागत महासंघ नेपालका अध्यक्षसमेत रहेका ढकाल पूर्व निजामती कर्मचारी हुन् ।

समाजको सहअध्यक्षमा धरणीप्रसाद गौतम, उपाध्यक्षहरुमा डा. होमनाथ पौडेल, अम्बु भवानी कार्की, डा. निर्मला न्यौपाने, महासचिवमा खगेन्द्रप्रसाद पोखरेल, सचिवमा डा. प्रकाशज्योति पोखरेल र कोषाध्यक्षमा रमेश अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा डिल्लीरमण आचार्य, धनज न्यौपाने, रुद्र आचार्य, थर्कबहादुर वस्नेत, बैकुण्ठ गुरागाई, डा.विदुर वस्ती, नारायण भट्टराई, प्रल्हाद विष्ट, विशाल घिमिरे, प्रकाश पौडेल र रञ्जनाकुमारी पोखरेल रहेका छन् । सचिव पोखरेलले नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने बताए । विधानअनुसार २६ जनाको कार्यसमिति रहने व्यवस्था छ ।

निवर्तमान अध्यक्ष शम्भुप्रसाद पोखरेलले मृत्यु संस्कार गर्ने दिन घटाएर ५ दिनमा ल्याउनुपर्छ भनेर आफूहरुले भनिरहँदा धेरैले कुरा ठिक हो भने पनि व्यवहारमा उतार्न नसकेको बताए । उनले यो अभियानलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने बताए । वक्ताहरुले १३ दिनसम्म गरिने काजकिरियाको संस्कार ५ दिनमा गर्दा पनि फरक नपर्नेमा जोड दिए ।

‘समाजको डरले गर्दा पनि मानिसहरु यो कुरा स्विकार्न तयार छैनन्, तर पनि कसैले यो विचार गलत हो भनेका पनि छैनन्’ नवनिर्वाचित अध्यक्ष ढकालले भने ‘अहिलेसम्म झण्डै ५० भन्दा बढी मानिसको काजकिरिया ५ दिनमा नै सकिएको छ, यो अभियान गलत होइन भनेर बुझाउनुपर्ने हाम्रो जिम्मेवारी हो ।’ ढकालले गत असोजमा आमाको निधन हुँदा पनि ५ दिनमै काजकिरिया सकेका थिए । ‘यो कुरा गर्दा पहिले समाजले पचाएन, मलाई सार्वजनिक वहिष्कार नै गर्छन् कि जस्तो लाग्थ्यो तर पछि सबैले यो पनि ठिकै रहेछ भने’ ढकालले भने ‘मैले २०७२ सालमा बुबाको निधन हुँदा पनि ५ दिनमा नै काजकिरिया सकेको हुँ, यो अभियान लिएर देशव्यापी रुपमा जानुपर्ने भएको छ ।’ ढकालले ५ दिनमा काजकिरिया सक्दा पनि १३ दिनमा गरिनेजस्तै सबै प्रक्रिया गर्न भ्याइएको बताए ।

२०७२ सालमा शंकरप्रसाद पोखरेलको अध्यक्षतामा समाज गठन भएको थियो । अध्यक्ष पोखरेलको बीचैमा निधन भएपछि शम्भुप्रसाद पोखरेल अध्यक्ष भएका थिए । कार्यक्रमका वक्ताहरुले यो विषय सरकार र सरोकारवालासँग पनि राखेको र भोलिको दिनमा थप छलफल गर्दै जाने बताएका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...