back
himalayan life

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आज नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउँछ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउला ? आज नेपाल गरिबी र पछौटेपनको कारण एउटा हाम्रो असन्तुलित पराराष्ट्र नीति हो ।’
साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘अहिले भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । त्यस्तो बेलामा नेपाल सरकारले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ । नेपाल सरकारले के सन्देश दिन खोजेको हो ? त्यो पाकिस्तानी आर्मीको डेलीगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट आएको छ । यसरी हामीले युद्ध हुने समय कसै एकको पक्ष लिन मिल्छ ?’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

वि.सं.२०८३ असार ४ बिहीवार १७:१६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का...

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

वि.सं.२०८३ असार ४ बिहीवार १७:१४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन...

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

वि.सं.२०८३ असार ४ बिहीवार ११:२५

काठमाडौँ । पियोर इनर्जी लिमिटेडका ६४ लाख कित्ता शेयरलाई समान...

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

वि.सं.२०८३ असार ४ बिहीवार १०:५५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने...

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

वि.सं.२०८३ असार ४ बिहीवार १०:५३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल...