back

भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय

काठमाडौं । सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन् ।बुधबार बालुवाटारमा बसेको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ । त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफैं निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ । अरु विषयमा केही पनि कुरा भएको छैन ।

आजको बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई अब के गर्ने र १८ गतेबाट आफैं निष्क्रिय हुन्छ, या त सरकारले फिर्ता लिनुपर्यो, या त यो आफैं निष्क्रिय हुने अवस्थामा पुगेको छ । त्यसैले यसै विषयमा आजको बैठकले अघि बढाउने निर्णय गरेको हो।’

यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढ्न सकेको थिएन।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...