back

जिम गर्नेहरु ‘गुण्डा’ हुन् भन्ने सोच बदलिंदै गएको छ : जीवन गिरी

पहिले पहिले जिम भन्ने वित्तिकै गुण्डाहरुले मात्र खेल्ने खेल हो भन्ने बुझाइ थियो । अहिले सोच परिवर्तन भएको छ । अहिले स्वास्थ्यलाई राम्रो बनाउनको लागि यतातिर आकर्षण बढेको छ ।

nactional life

स्ट्रेन्थ लिफ्टिङमा नेपालले धेरै मेडलहरु प्राप्त गरिसकेको छ । यसको भविष्य राम्रो देखिदैछ । धेरै भन्दा धेरै मेडल लिएर आएका छौं । नेपालमा धेरै मेडल भित्र्याउनेमा स्ट्रेन्थ लिफ्टिङ पनि पर्छ । जीवन गिरी १० औं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडलिष्ट हुन् । नेपालको शारीरिक सुगठन एवम बडीविल्डिङतर्फको ठूलो प्रतियोगिता धर्मश्रीमा सन् १९९९ मै उपाधि जितेका उनी पावर लिफटिङको अन्तरर्राष्ट्रिय जजका रुपमा पनि क्रियाशील छन् ।

कपिलवस्तुमा जन्मिएका उनी एसिया पावर लिफटिङ एसोसिएसनको पूर्वउपाध्यक्ष समेत भइसकेका छन् । सन् २००० मा ‘मिस्टर नेपाल’ को उपाधि समेत हासिल गरिसकेका उनी हाल जिम सेन्टरको विस्तार साथै फिल्म अभिनयमा पनि सक्रिय छन् । यसै सिलसिलामा शारीरिक सुगठन प्रतियोगिता र नेपालको अवस्थाका बारेमा नेपाल न्यूज बैंकले गिरीसँग कुराकानी गरेको छ।

तपाईंले आफूलाई कसरी परिचित गराउन चाहनुहुन्छ ?
म पहिले कराँते खेलाडी थिएँ । कर्भडहलमा सितोरियो कराँते खेल्दाखेल्दै साथीहरुले वेटलिफ्टिङ खेल्न हौस्याए । त्यसपछि वेटलिफ्टिङ खेलतिर आएको हुँ । विस्तारै जिमतिर आएँ । जिम हुँदै अहिले बडीविल्डिङमा सक्रिय छु ।

यो क्षेत्रमा लाग्नुभएको कति समय भयो ?
वि.स.२०४५ सालदेखि यस खेलमा निरन्तर सक्रिय छु । विदेशमा बसेर डेढ दशक जिम सिकाएँ । ०५१ सालमा भैरहवामा सम्पन्न धर्मश्री प्रतियोगितामा उपाधि जितेको हुँ । त्यसपछि थप हौसला मिल्यो । विदेशमा बस्दा धेरै अनुभव बटुल्ने अवसर मिल्यो । यसैगरी इन्डियामा १९९९ मा पहिलो साउद एसियन ईन्टरनेशनल खेल बडीविल्डिङमा मैंले नेपालमा मेडल भित्र्याए । नेपालमा पहिलो पटक बडीविल्डिङमा पदक भित्र्याउने हामी नै हौं ।

तपाईं सक्रिय रहनुभएको खेलको नेपालको अवस्था चाहीं कस्तो छ ?
विशेषगरी बडीविल्डिङको क्षेत्रमा नेपालको अवस्था राम्रो भइरहेको छ । म आफैंपनि जिम सेन्टर खोलेर जीवन निर्वाह गरिरहेको छु । पहिला पहिला चाहीं धेरै कठिन थियो, अहिले धेरै राम्रो हुँदै गइरहेको छ । बडीविल्डिङको ठूलो प्रतियोगिता धर्मश्री यही चैतको ७, ८ र ९ गते प्रज्ञा भवन कमलादीमा हुँदैछ । यसको नगद पुरस्कार नै १२ लाख रुपैंयाँ छ । कूल पुरस्कार नै ५२ लाख ६० हजार रुपैंयाँ बराबरको छ । पुरस्कारबाट पनि प्रमाणित हुन्छ यो खेल क्षेत्रको अवस्था कस्तो भइरहेको छ भन्ने ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता अर्थात उपस्थिति चाहीं कस्तो छ ?
नेपालमा स्ट्रेन्थ लिफ्टिङको संस्थापक म नै हुँ र वल्र्डको मेम्बर पनि छु । स्ट्रेन्थ लिफ्टिङमा धेरै मेडलहरु जितेका छौं । हालैमात्र श्रीलंका गएरपनि धेरै मेडलहरु लिएर आयौं । इन्डियामा पनि वल्र्ड च्याम्पियनसिप भएको थियो, त्यहाँबाट पनि धेरै मेडल लिएर आयौं । किर्गीस्तानमा भएको प्रतियोगिताबाट मेडलहरु लिएर आयौं । स्ट्रेन्थ लिफ्टिङमा नेपालले धेरै मेडलहरु प्राप्त गरिसकेको छ । यसको भविष्य राम्रो देखिदैछ । धेरै भन्दा धेरै मेडल लिएर आएका छौं । नेपालमा धेरै मेडल भित्र्याउनेमा स्ट्रेन्थ लिफ्टिङ पनि पर्छ । नेपालमा पनि गेम गराइसकेका छौं । दुई वर्ष पहिले नेपालमा भएको प्रतियोगितामा किर्गिस्तान, पाकिस्तान, काजकिस्तान नेपाल र भारतका गरी अढाइसय बढी खेलाडी सहभागि भएका थिए । त्यस हिसाबले यो खेलको भविष्य राम्रो हुँदैछ ।

यी खेलहरुमा बारेमा धेरै मानिसहरु अनभिज्ञ नै छन् । खासमा के हो यो खेल ?
यसलाई आइरन खेल पनि भनिन्छ । फलाम बोक्ने खेल भनेर पनि चिनिन्छ । हिजोआज जिम नजाने युवाहरु कमै होलान । जिमसँग सम्बन्धित खेल हो यो । हिजोआज जिम खेल्न डाक्टर, इन्जिनियर, कलाकारहरु आउन थाल्नुभएको छ । फलाम उचाल्ने आइरन खेल भएकाले धेरैको आकर्षण बढ्दै गएको छ । बुढाबुढीहरु पनि आकर्षित हुनुहुन्छ । पहिले पहिले जिम भन्ने वित्तिकै गुण्डाहरुले मात्र खेल्ने खेल हो भन्ने बुझाइ थियो । अहिले सोच परिवर्तन भएको छ । अहिले स्वास्थ्यलाई राम्रो बनाउनको लागि यतातिर आकर्षण बढेको छ ।

तपाईंचाही यो खेल क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?
मिस्टर नेपाल, धर्मश्री उपाधि जितेपछि मैले पछाडि फर्केर हेर्नु परेको छैन् । म अगाडि नै बढिरहेको छु ।

यो खेलका लागि खानपानमा कत्तिको ध्यान दिनुपर्छ ?
बडीविल्डिङमा शरीर मोटाउने र घटाउने दुवै विधि अपनाइन्छ । कसैलाई मोटाउने कसैलाई घटाउने इच्छा हुन्छ । त्यसका लागि डाइटको व्यवस्थापन गर्नैपर्छ । डाइटिङको सेड्युल फलो गर्नुपर्छ । स्ट्रेन्थ लिफ्टिङमा पनि खाने उचाल्ने भन्ने छ । डाइटिङ हुँदैन् । पावरवाला खेल भएकाले यसमा दुई विधा हुने गर्दछ । तौंल बढाउँदा कार्बोेहाइड्रेड धेरै खानुपर्ने हुन्छ । अर्को भनेको चिल्लो धेरै नखाने, कार्बोहाइडे«डको मात्रा घटाएर प्रोटिन बढी खाने गर्नुपर्छ । पहिला मलाई थाहा थिएन तर विदेश गएपछि मंैले धेरै कुराहरु सिकें ।

विगत र अहिले खेलमा केही परिवर्तन आएको छ ?
पहिला मेरो जमानामा एक्सरसाइजभन्दा फलाम उचाल्ने काम हुन्थ्यो । आजभोली त जिम रनिङ मेसिन हुन्छ । साइकेलिङ हुन्छ । स्ट्रिम बाथमा नुहाउने पनि हुन्छ । बक्सिङ खेल्ने काम पनि हुन्छ । पहिला भन्दा अहिले धेरै फरक छ । पहिला खाली उचाल्ने मात्र काम हुन्थ्यो, दौडिने केही हुँदैनथ्यो । आजभोली प्रविधिका हिसाबले पनि धेरै फरक आइसकेको छ ।

जिम जानेहरुको संख्या पनि बढेको छ नि हैन् ?
अहिले स्वास्थ्य नै धन हो भन्ने सबैलाई थाहा भएको छ । त्यसले डाक्टरहरुले पनि जिम जान सल्लाह दिनुहुन्छ । डाक्टरहरु आफैं पनि आउनुहुन्छ । फिल्मी कलाकारहरुदेखि लिएर महिलाहरु पनि जिममा आउनुहुन्छ ।

तपाईं फिल्ममा पनि देखिनुहुन्छ हैन् कहिलेकाहीं ?
मलाई पहिला पनि एक दुईवटा फिल्मको अफर आएको थियो । तर कस्तो भयो भने सानो रोल थियो, त्यही भएर खेलिन । लाज पनि लाग्ने रहेछ । त्यसपछि मलाई ‘प्रेसगन्ज’ को अफर आयो त्यसमा एउटा सानो रोलमा रहेको छु । अहिले राजेन्द्र खड्गी दाईको निर्देशनमा एउटा फिल्म बन्दैछ ‘सेभेन भिलेन’ त्यसमा मुख्य भूमिकामै देखिनेछु ।

बडीविल्डिरहरुलाई फिल्ममा भिलेनकै रोल चाहीं किन ?
मेरो अनुहार नै हेर्नु न भिलेन जस्तो छैन् ? गुन्डा जस्तो देखिन्छु त्यही भएर पनि भिलेनको रोलमा राख्ने होला । जस्तोमा सुहाउँछ त्यसमै राख्ने होला । पात्रले मागे अनुसार खेल्ने हो । जुन मान्छेलाई रेप सिन गर भनेको हुन्छ उसले साँच्चै रेप गरेको होइन नि । क्यामेराको अगाडि गर्ने मात्र त हो । मलाई एउटा फिल्ममा रेप सिन दिएको थियो । त्यसमा मैंले खेल्ने इच्छा देखाएँ तर मेरो श्रीमतीले त्यस्तो सिन नखेल्नु भनेर भनिन् । किन भनेर सोधेको बलात्कारीको बुढी भन्छन् भनिन् । त्यसपछि मैंले त्यो फिल्म खेलिन । उदाहरणका लागि अमरेश पुरी, सुनिल थापा दाईहरु हुनुहुन्छ उहाँहरुलाई त्यस्तै रोल दिएको हुन्छ नि ।

यो विचमा विदेशमा पनि प्रतियोगिताहरु छ कि ?
म यही जुन २२ मा लन्डनमा नेपाल इन्टरनेशनल लिग बडीविल्डिङ गेम हुदैँछ । त्यहाँ जाँदैछु । त्यहाँ हाम्रो अध्यक्ष गंगा गुरुङ हुनुहुन्छ, पुरानो टिम पनि छ उहाँहरुले मलाई बोलाउनु भएको छ । म अहिले कान्तिपुर होलिडेजको ब्राण्ड एम्बेस्टर पनि भएकाले न्युजरल्यान्ड पनि जाँदैछु ।

पछिल्लो सयम बडीविल्डिङका खेलाडीहरुले सुईमार्फत औषधी लिने गरेको पाइन्छ, यसले कस्तो असर गर्छ ?
यस्तो समस्या यस क्षेत्रका विद्यार्थीहरुमा सबैभन्दा धेरै पाउन थालिएको छ । म १५ बर्ष बिदेशमा बसें, विदेशमा जिम गर्न थालेको एक महिनामा सानो सानो सुइ हातमा लगाउने गरेको पाएँ । सुइ लगाएपछि एनापोलिक हुन्छ, हार्मोन ग्रोथ हुन्छ । एनापोलिक इस्ट्रोड, टेस्टरेस्ट्रो, डिगा भन्ने धेरै औषधीहरु छन् । यसबारे मलाई थाहा थिएन् । इस्ट्रोड र अन्य औषधी मिलाएपछि मान्छेको तीन महिनामा नै मसल निस्किने रहेछ ।

मान्छे नै अर्कै हुन्छ । नेपालमा पनि त्यसको प्रयोग सुरु भएको छ । रोक्न सकिन्न । खेलकुद परिषदबाट नै प्रयास गरिनुपर्छ । मैंले भन्दा साथीहरु रिसाउनुहुन्छ । स्ट्रोरेड लगाउनु राम्रो होइन, ग्रोथ हार्मोन राम्रो होइन । यो लगाउन्जेल हुन्छ, छाडेपछि मान्छे फेरी भुँडे भइहाल्छन्, यो रेगुलर हुँदैन । पैसा मात्र खर्च हुन्छ । पछि कलेजो, मृगौलामा समस्या हुन्छ । नपुङ्गसकता आउनसक्छ । सकभर नलगाएको राम्रो हो ।

प्रदेश वा स्थानीय तहमा यो खेलको अवस्था कस्तो छ, सहयोग कतिको मिलेको छ ?
म कपिलबस्तुको परे त्यहाँ प्रतियोगिता भयो भने समयोग मिल्छ । अहिले तीन तहको सरकार छ आवश्यकता अनुसार सहयोग गर्नुहुन्छ । नेपालको राष्ट्रिय खेलकुद परिषद्को कुरा गर्यो भने उहाँहरुले धेरै खेलहरुलाइई घटाएर थोरै बनाउँदै हुनुहुन्छ । प्रदेश प्रदेशमा हामीले संजाल पनि विस्तार गरिरहेका छौं । यस कारण सामान्य सहयोग मिलिरहेको छ । सोर्स, फोर्स, पावर त आवश्यक परिहाल्छ । विदेशमा खेल्न जाँदा पनि सामान्य स्पोन्सरहरु भेटिन्छन् । कतिपय स्थानमा आफ्नै खर्चले पनि जानुपर्ने वाध्यता छ । मलाई व्यक्तिगत रुपमा जानलाई धेरै समस्या परेको छैन् ।

हिजोआज व्ययाम नगर्ने मान्छे कम नै छन् । जिम भन्ने थाहा छैन् भन्ने धेरै कम छन् । जिम व्यवसाय फस्टाउँदै गएको छ । मैले जिमबाट नै परिवार पालेको छु । गाउँमा पनि जिम खोलेको पाइन्छ । जिम नभएको ठाउँ कमै होला । यो खेल खेल्दा शारीरिक रुपमा दिर्घकालिन असर गर्छ भन्ने बुझाइ छ नि। पहिले पहिले मलाई पनि धेरै साथीहरुले यस्तो खेल नखेल, जिम नगर भन्ने सल्लाह दिन्थे । बुढेसकालमा बिरामी हुन्छ, ढाड दुख्छ भन्थे ।

उहाँहरुले भनेको पनि ठिक हो । तर कसरी भने पहिला हाम्रो जमानामा बेल्ट हुदैनथ्यो, गुरु थिएनन्। मुढे बलका भरमा खेलिन्थ्यो । के गरे के हुन्छ थाहा नै हँुदैन थियो । मेरो अहिले ढाड दुख्छ किनभने मलाई पहिला आवश्यक विधि अपनाउन जानिन् । अन्दाजी एक्ससाइज गर्थें । तर यसमा सेफ्टी फस्ट हुनुपर्छ भन्ने लाग्छ । बेल्ट लगाउने स्टेजिङ गर्नुपर्छ, यसो गर्याे भने ढाड दुख्दैन । आजकल सबै गुरुहरु अनुभवी हुन्छन् ।

बडीविल्डिङ खेल क्षेत्रमा राज्यको सहयोग चाहीं कस्तो छ ?
सामान्य मात्रै सहयोग छ । यसका खेलाडीहरु सरकारप्रति धेरै आशावादी पनि छैनन् । जसको पावर छ, पहुँच छ उसले मात्र सहयोग पाउँछ भन्ने बुझाइछ । मैले लुम्बिनी प्रदेशबाट रत्न पुरस्कार पाएको छु । त्यो नै मेरा लागि ठुलो कुरा हो । हेरम अब बिस्तारै अरुपनि केही हुन्छ कि । सरकार पनि कहिले कुन हुन्छ कहिले कुन सरकार आउँछ । त्यही भएर खासै भर हुँदैन् । पार्टीको प्रभाव र पावरले मात्र सहयोग पाइन्छ । नत्र पाइदैन् ।

नयाँ खेलाडीहरुलाई के भन्न चाहनुहुन्छ ?
नयाँ आउने विद्यार्थीहरुले महत्वपूर्ण कुराहरु पढ्न सुझाव दिन्छु । त्यसका साथै स्वास्थ्यलाई ख्याल राख्नुपर्छ । मान्छेको दुई चिज आफ्नो कसैले चोर्न सक्दैन । एउटा स्वास्थ अर्को शिक्षा । व्ययाम गर्नुहोला तर जिम गर्दा अनुभवी गुरुहरुकोमा मात्र आउनुहोला । गाडी र मोटरसाइकल पनि पुरानो भएपछि सर्भिसिङ गर्छौ । आफ्ने उमेर अनुसार व्ययाम गर्नुहोला । खानपिनमा बार्नुहोला ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

वि.सं.२०८३ जेठ २४ आइतवार ११:००

काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...