बागलुङको सुन्दर भातखाने डाँडा (फोटोफिचर)
वि.सं.२०८१ माघ २९ मंगलवार
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यस गाउँका मानिसहरु कृषि पेसामा आवद्ध छन् । यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको हो । अहिले भातखाने डाँडाले स्वरुप फेर्दैछ । यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेका छन् ।

प्रकाशित समय : १०:३५ बजे





















