वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?
वि.सं.२०८१ कात्तिक ७ बुधवार
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।
विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
समीक्षा अवधिमा केही बैंकहरुले खुद नाफा उच्च दरमा बढाएका छन् भने केनी बैंकहरुको नाफा घट्को छ।
सर्वाधिक नाफा कमाउने नबिल बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
त्यस्तै, सो अवधिसम्ममा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले भने यस वर्षको सोही अवधिसम्ममा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
असोज मसान्तसम्ममा सबैभन्दा कम नाफा भने एनआईसी एशिया बैंकको रहेको छ। बैंकले सो अवधिसम्ममा ११ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। गत आर्थिक वर्षको सो अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ८९.०६ प्रतिशत घटेको हो।
नाफा वृद्धिदरमा सिद्धार्थ बैंक अगाडि
समीक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा सबैभन्दा बढी ७९१.४३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सर्वाधिक नाफा बढाउन अन्य बैंकहरुमा भने लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कुमारी बैंक रहेका छन्।
समीक्षा अवधिमा ७ वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, हिमालयन बैक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको खुद नाफा समीक्षा अवधिमा घटेको हो।
जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ८९.०६ प्रतिशत घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशत घटेको छ।
| Bank Name | Last Year | This Year | Difference in % |
| Nabil Bank | 1,469,300 | 2,056,590 | 39.97% |
| Global Ime Bank | 1,225,754 | 1,512,140 | 23.36% |
| Nepal Investment Mega Bank | 1,522,299 | 1,464,075 | -3.82% |
| prime Commerical Bank | 1,151,522 | 1,286,787 | 11.75% |
| NMB Bank | 983,209 | 1,145,603 | 18.94% |
| Everest Bank | 780,759 | 1,127,704 | 44.44% |
| Kumari Bank | 283,935 | 1,078,177 | 308.50% |
| Prabhu Bank | 1,034,214 | 1,040,657 | 0.62 |
| Standard Chartered Bank | 827,700 | 862,201 | 4.17% |
| Nepal SBI Bank | 479,178 | 814,651 | 70.01% |
| Himalayan Bank | 1,056,183 | 726,432 | -31.22% |
| Nepal Bank | 142,370 | 602,198 | 322.98% |
| Laxmi Sunrise Bank | 103,041 | 536,359 | 420.53% |
| Machhapuchchhre Bank | 542,239 | 503,263 | -7.19% |
| Sanima Bank | 482,909 | 399,530 | -17.27 |
| Siddhartha Bank | 42,862 | 382,084 | 791.43% |
| Citizens Bank | 275,250 | 240,699 | -12.55% |
| ADBL | (888,071) | 190,923 | – |
| Rastriya Banijya Bank
Nic Asia Bank |
859,804
1,010,383 |
151,302
110,526 |
-82.40
-89.06% |
प्रकाशित समय : १२:२५ बजे





















