back

बैंक तथा बित्तिय संस्थामाथी भुतप्रभावी कानुन लगाएर राजस्व उठाएको अध्यक्ष ढकालको आरोप

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा बित्तिय संस्थामाथी भुतप्रभावी कानुन लगाएर राजस्व उठाएको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राज्यले आन्तरिक राजस्व विभागले आयोजना गरेकोमा केहि अर्ब राज्य रकम प्राप्त गरेपनि यसले अन्तर्राष्ट्रिय छवि बिगारेको बताएका हुन् ।

अध्यक्ष ढकालले भने, ‘एफपीओ र मर्जरमा सरकारले १२/१३ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्यो होला तर म विभिन्न देशमा पुगेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न भनिरहेको छु, तर नेपालमा नीतिगत स्थिरता नभएको विषय उनीहरुले बारम्बार उठाउने गरिरहेका छन् ।’

राज्यलाई जतिबेला मन लाग्यो त्यतिबेला कर उठाउन नहुने अध्यक्ष ढकालको भनाई छ । कोरोनाको समयमा सरकारले आयात प्रतिबन्ध लगाउँदा यसको असर राम्रा व्यवसायीलाई परेको अध्यक्ष ढकालले बताए ।

‘सरकारले विदेशी मुद्राको संचिति रित्तिदै गएको भन्दै आयात प्रतिबन्ध लगायो तर गाडी र मोटरसाइकल बाहेक अन्य वस्तुहरु बजारमा सर्टेज देखिएनन् यसरी धेरै सामाग्रीहरु चोरी तस्करी भएरै नेपाल भित्रियो, राम्रा व्यावसाय गर्नेहरु पछि परे र नराम्रा काम गर्नेहरूले अवसर पाएको उनले भने।’

अहिलेको निजि क्षेत्र ट्रेडिस्नल टाइपको नभएको अध्यक्ष ढकालको भनाई छ । अहिलेका व्यावसायीहरु पहिले जस्तो नाफा मात्रै कमाउ भन्ने सोचबाट पछि हटिसकेको अध्यक्ष ढकालको दाबी छ ।

आयकर ऐनले प्रदान गरेको अधिकार सबै करदाताले प्रयोग गर्न पाउनु पर्ने अध्यक्ष ढकालको भनाई छ ।

राजस्व सम्बन्धि सुझाव दिनका लागि राजस्व परामर्श समति बनाइयो २ वर्समै विघटन गरियो । यस्ता खाले अस्थिरताले दीर्घकालिन व्यवसायिक वातावरणलाई विगार्ने अध्यक्ष ढकालको भनाई छ । सबै आर्थिक सुचकांकहरु सहि भएको बेला सबैभन्दा महत्वपुर्ण पब्लिक कन्फिडेन्स बढाउनु पर्ने बेला भएको अध्यक्ष ढकालले जोड दिए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकले आर्थिक वृद्धिर बढ्ने प्रक्षेपण गरिरहेका छन्, बैंक तथा बित्तिय संस्थाहरुमा लगानीयोग्य पुँजी वृद्धि भैरहेका छन्, बैंक ब्याजदर घट्दो क्रममा छ अहिलेको प्रमुख आवश्यकता भनेको पब्लिक कन्फिडेन्स हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...