सहकारीमा देखिएको समस्या समाधान गर्न सामाजिक सञ्जालमा बोले जस्ताे सजिलो छैन- प्रधानमन्त्री ओली
‘सहकारीको रकम यसरी उडाएको छ, त्यो रकम फिर्ता नहुने पनि हुनसक्छ ।
वि.सं.२०८१ असोज १६ बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा देखिएको समस्या समाधान गर्न सामाजिक सञ्जालमा बोले जस्ताे सजिलो नभएकाे बताएका छन् ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कानून अनुसार सहकारी पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।
उनले भने,”सामाजिक सञ्जालमा बोल्दिनेहरुलाई सजिलो भए पनि कानूनअनुसार सहकारी पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको छ ।”
प्रधानमन्त्री ओलीले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत बताएका छन् । साथै, उनले सहकारी पीडितको सही समाधान गर्न सरकारले प्रयास सुरू गरिसकेकाे पनि जानकारी दिएका छन् । उनले सहकारीको समस्या समाधान गर्न कानूनको दायरामा रहेर अघि बढ्ने पनि बताए ।
‘सहकारीको रकम यसरी उडाएको छ, त्यो रकम फिर्ता नहुने पनि हुनसक्छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, कति असुलउपर गर्न सकिन्छ, के-के प्रक्रियाबाट जान सकिन्छ भन्ने कुरा हामीले कानून पनि हेर्नुपर्यो,’ प्रधानमन्त्रीले भने ।
प्रकाशित समय : १०:४३ बजे





















