back
nactional
Naima

अन्तरदेशीय क्यूआर पेमेन्ट प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

काठमाडौं । अन्तरदेशीय क्यूआर पेमेन्ट प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंक र मनकामना दर्शन बीच सहकार्य भएको छ ।

नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न सहकार्य भएको हो ।

फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, यु.पि.आई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् ।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेको छ । त्यसैले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रुपमा वृद्धि हुने विश्वास लिइएको छ ।

यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पु¥याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...