back

२१ खर्ब ७३ अर्ब २४ करोड पुग्यो देशको ऋण, आन्तरिक ऋण लाभ कि हानि?

बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदरको भार सरकारलाई दोब्बरभन्दा बढी

काठमाडौं । देशको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष थपिएको तीन खर्ब ऋणसहित तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँ पुगेको हो।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये अब दस खर्ब ९९ अर्ब ७२ करोड रूपैयाँ आन्तरिक ऋण छ। दस खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँ बाह्य ऋण छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराज शर्मा भन्छन् ‘विगतमा आन्तरिकको तुलनामा वैदेशिक ऋणको मात्रा बढी हुन्थ्यो। यसपटक भने आन्तरिकको भार बढी छ। तर आर्थिक वर्षको अन्त्यसम्म यो कायम नरहन सक्छ। उनका अनुसार चालु वर्षमा बढेको विदेशी विनिमय दर परिवर्तनको प्रभाव अहिले हिसाबमा गरिएको छैन। वर्षको अन्त्यमा यो हिसाब मिलान गर्दा विनिमय दरको कारण ऋणको भार बढ्छ।

उनले थपे जेठ महिनामा मात्रै ४३ अर्ब ८३ करोड रूपैयाँ सार्वजनिक ऋण थपिएको छ। जसमा ४० अर्ब ६८ करोड आन्तरिक र तीन अर्ब १४ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ। गत साउनदेखि जेठसम्ममा तीन खर्ब रूपैयाँभन्दा बढी ऋण थपिएको छ। जसमा दुई खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

११ महिनामा उठाइएको तीन खर्ब ६ करोड सार्वजनिक ऋणमध्ये करिब २२ प्रतिशत रकम ब्याज भुक्तानीमा सकिएको छ। प्राप्त ऋणको अनुपातमा ब्याज भुक्तानीमा यति धेरै रकम खर्चिनु परेको यो पहिलोपटक भएको अर्थ मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। त्यस्तैगरि एक खर्ब ४० अर्ब रूपैयाँ साँवा फिर्ता गरिएको छ।

आर्थिक वर्ष २०३६/३७ बाट हरेक वर्ष सार्वजनिक ऋणमा आन्तरिकभन्दा बाह्य ऋणको भार बढी छ। पछिल्लो ४३ वर्षको प्रवृत्ति बदलिँदै चालु वर्षमा पहिलोपटक आन्तरिक ऋणको भार बढी देखिएको हो। चालु वर्षको फागुनदेखि आन्तरिक ऋणको भार बढी भएको हो।

सार्वजनिक ऋण व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार अहिले बाह्य ऋण दस खर्ब १० अर्ब रूपैयाँ छ। आन्तरिक ऋण दस खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ।

प्राप्त ऋणको अनुपातमा ब्याज भुक्तानीमा यति धेरै रकम खर्चिनु परेको यो पहिलोपटक भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। त्यस्तै एक खर्ब ४० अर्ब रूपैयाँ साँवा फिर्ता गरिएको छ।

यस्तैगरि आर्थिक वर्ष २०७७/७८ मा ३० प्रतिशत आन्तरिक ऋण बढ्दा बाह्य ऋण १४ प्रतिशत बढ्यो। गत वर्ष २३ प्रतिशत आन्तरिक ऋण बढ्दा बाह्य ऋण १० प्रतिशत बढेको छ। यो वर्ष ११ महिनामा ४.६८ प्रतिशत बाह्य ऋण थपिएको छ। आन्तरिक ऋण भने ११.३४ प्रतिशत थपिएको छ।

आन्तरिक ऋण लाभ कि हानि?

‘ऋणको उपयोग कहाँ गरिएको छ र त्यसले कहाँ प्रभाव परेको छ भन्ने आधारमा ठीक वा बेठीक भन्नुपर्छ,’ उनले भने, ‘आन्तरिक ऋणको भार बढी देखिनुलाई मात्रै नराम्रो भन्न मिल्दैन। समग्र ऋणको पनि बढी होइन। तर पछिल्लो समयमा देखिएको वृद्धिदर भने अत्यधिक छ। यसमा सजग बन्नुपर्ने अर्थविद् विश्‍वास गौचन बताउ छन्।

राष्ट्र बैंकका पूर्वकर्मचारीहरू तथा व्यवसायीहरू भने आन्तरिक ऋण बढी हुँदा बजारमा समस्या सिर्जना हुने बताउँछन्। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा आन्तरिकको तुलनामा बाह्य ऋण लाभ हुने बताउँछन्। आन्तरिक ऋण बढी उठाउँदा भने प्रत्यक्ष रूपमा आर्थिक वृद्धिदर र रोजगारी सिर्जनामा समेत प्रभाव पर्ने उनले बताए।

उनले भने,’आन्तरिक ऋणमा सरकार नै प्रतिस्पर्धा गर्‍यो भने निजी क्षेत्रले पाउँदैन र पाएको ऋण पनि महँगो हुन्छ। यसले आर्थिक वृद्धिमा नै असर गर्छ, ‘अहिले बजारमा देखिएको समस्या यही हो।’

बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदरको भार सरकारलाई दोब्बरभन्दा बढी हुन्छ। आन्तरिक ऋणको उपयोग समग्र सरकारी खातामा गएर सबै खर्चमा मिसिएर मात्रै हुनाले पनि यसले कति लाभ गरेको छ भन्न सकिने अवस्था नरहने विज्ञहरूको बताउ छन्।

 

nactional life
Corporatebazar 11 Anniversary

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

शैक्षिक सत्र २०८३ सुरु हुँदै : जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र

शैक्षिक सत्र २०८३ सुरु हुँदै : जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:४५

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने संघारमा देशभरका...

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:०३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता...

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:५१

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा...

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४१

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा...

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख २ बुधवार १७:३०

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’...