back
Naima

म स्वतन्त्र उम्मेद्वार हुँ, कुनै पार्टी वा संगठनले पठाएको हैनः एनआरएनए उपाध्यक्ष उम्मेद्वार केसी

काठमाडौँ । कैलिफ़ॉर्नियाको च्याप्टर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका बिष्णु केसी (खत्री) ले आफु स्वतन्त्र उम्मेद्वार रहेको बताएका छन् । केसीले आफु कुनै पार्टी वा संगठनको नेतृत्व विना नै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

गैरआवासीय नेपाली संघको अभियानमा विगत देखि नै सहभागी हुदै आएको बताउँदै उनले आफु पुनः थप संस्थागत जिम्मेवारी सहित सेवामा रहनका लागि उम्मेद्वारी दिएको बताए । आफु कुनै संगठन वा पार्टीको नेतृत्व नगरेको र पार्टी तथा संगठनको सिद्धान्त भन्दा पनि कैलिफ़ॉर्निया च्याप्टर निवासी सम्पूर्ण नेपालीमा समर्पण रहने उनको भनाई छ । साथै आफु पद तथा अरु कुनै कुराको लोभ भन्दा पनि जिम्मेवार निकायमा रहेर सेवामा तल्लिन रहने बताउँदै जिते पनि नजितेपनि आगामी २ बर्ष अझै एन आर एनए प्रति जिम्मेवार रहिरहने बताएका छन् ।
केसीका प्रतिबद्धताः
१.नेपाली समुदायलाई अति आवश्यक कम्युनिटी हल निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका साथ लागि पर्नेछु ।
२. हाम्रो नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र यहाँको जब मार्केट तथा अवसरलाई मध्यनजर गरी यस राज्य तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने छु ।

३. नेपालवाट विभिन्न माध्यमवाट तत्काल यहाँ आई पुग्नु हुने हरेक नेपालीलाई सुरुमा समस्या पर्दछ तसर्थ उहाँहरूको लागि गास, बास र जागीरका लागि सहयोग गर्नेछु । जुन मैले आजसम्म गरि गराई आई रहेको छु ।
४. जेहेन्दार बिद्यार्थीका लागि छात्रवृतिको व्यवस्थाका साथै अन्य विद्यार्थीहरुलाई आवश्यकता अनुसारको अन्य सहयोग उपलब्ध गराउने छु ।
५. यहाँ भैपरी आउने सुख दुःख का सबै कार्यहरुमा आफ्नो कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी भूमिका निभाउनेछु ।
६. विभिन्न भिषामा नेपालवाट केही समयका लागि आउनु हुने आमा वुवाहरुका लागि निशुल्क उपचारको व्यवस्था गर्न आवश्यक प्रकृयाका लागि सहयोग पुर्याउने छु ।
७.क्यालिफोर्निया राज्यको विभिन्न स्थानहरूमा छरिएर रहेका नेपालीहरूको लागी मुख्य मुख्य शहरमा सामुदायिक केन्द्र स्थापना गर्न, नेपाली समाज भन्दा बाहिर बिदेशी संघ संस्था तथा व्यक्तिहरुसंग डोनेसनको लागी पहल गरी जत्ति सक्दो चाढो स्थापना गर्न जोड दिनेछु ।
८. स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श डेस्क स्थापना गर्नेछु ।
म आफ्नो स्वतस्फुर्थ मनसायले समाजको सेवा गर्न ऊत्प्रेरित भएर आएको हुनाले म समाजको सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु । मलाई मतदान गरि बिजयी गराउनुहुन तमाम् क्यालिफोर्निया वासी सम्पुर्ण दाजुभाई दिदी–बहिनी तथा आमा,बुबा र आफन्तजनहरुमा हार्दिक विनम्र ’ अनुरोध गर्दछु ।
बिष्णु केसी(खत्री)अमेरिका

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...