back

बेलायतबाट फर्केका गौतम खोले ‘कोशेली थकाली’,विधार्थीलाई १० प्रतिशत छुट

काठमाण्डौ । ०६०को दशक सुरु भएसँगै नेपाली युवा–यवतीहरु लाखांैको सङख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशीए ।

खासगरी देशमा ब्याप्त राजनीतिक भद्रगोल, गरीखाने वातावरणको कमी र वेरोजगारीले धेरै युवा वाहिरीए । त्यसरी बाहिरने मध्येका एक हुन् निजगढ घर भइ काठमाण्डौ बसोबास गर्दै आएका विनय गौतम ।

उमेरले ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि पढ्न र केही अवसरको खाजीमा बेलायत छिरेका हुन् । उनले खासगरी वेलायतमा पढ्ने र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरे ।

उनी भन्छन् ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ । कामलाई सानो ठुलो भनिन् ।’

आजै काठमाण्डौको शंखमुल स्थीत आलोकनगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट उद्घाटन गरेका विनयले भने ‘बेलायतको अनुभवले अब उद्यमी भएँ’ । उनले कोशेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताए । जसमा ९ जनालाई रोजगारी दिएको उनले बताए । चर्चित नेपाली थकाली ब्राण्डलाई प्रमोशन गर्ने हिसावले थकाली रेष्टुरे्न्ट खोलेको उनी सुनाउँछन् ।

भन्छन् ‘अग्यानिक हिसावको थकाली खाना र सेकुवा ‘कोशेली थकाली’को मुख्य पहिचान हुनेछ ।’

त्यसका आलवा आफनो रेष्टुरेन्टमा ढिंडो, कालिजको मासु, खशिको भुटन र टाउको, मम, चाउमिन, पेय पदार्थ लगायत नेपालमा चलि आएका धेरैजसो आइटम पाइने बताए ।

विनय भन्छन् ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रोमाइज गर्नेछैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ ।

अग्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफनो मुल लक्ष्य रहेको उनले सुनाए । उनले विधार्थीलाई १० प्रतिशत छुट रहेको पनि सुनाए ।

आफुलाई नेपालमा कमाउनु पर्ने केही नभएको र स्वदेशमै केही गरौं, आफुलाई व्यस्त बनाउँ, रोजगारी सिर्जनामा योगदान दिउँ भन्ने आशयले होटल व्यवसाय थालेको उनले सुनाँए ।,

 


Kageshwori manohara
सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८० असार ६ बुधवार १५:४५

काठमाडौ । साताको तेस्रो चौथो कारोबार दिन सेयर बजारमा दोहोरो...

२१ खर्ब ७३ अर्ब २४ करोड पुग्यो देशको ऋण, आन्तरिक ऋण लाभ कि हानि?

२१ खर्ब ७३ अर्ब २४ करोड पुग्यो देशको ऋण, आन्तरिक ऋण लाभ कि हानि?

वि.सं.२०८० असार ६ बुधवार १४:३७

काठमाडौं । देशको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४...

अर्थमन्त्री डा. महतसँग आर्थिक मिडिया सञ्चालकहरुको भेट , अर्थतन्त्र सुधारका लागि इमानले दियो सुझाव

अर्थमन्त्री डा. महतसँग आर्थिक मिडिया सञ्चालकहरुको भेट , अर्थतन्त्र सुधारका लागि इमानले दियो सुझाव

वि.सं.२०७९ चैत २७ सोमवार १५:४५

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च...

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४०

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा रामकृष्ण...

अर्थमन्त्रालय र  राष्ट्र बैङ्कको यकै बोलि: व्यापारी रिझाउन संशोधन भयो चालु पुँजी सम्बन्धी व्यवस्था, अर्थतन्त्र सुधारको बाटोमा

अर्थमन्त्रालय र राष्ट्र बैङ्कको यकै बोलि: व्यापारी रिझाउन संशोधन भयो चालु पुँजी सम्बन्धी व्यवस्था, अर्थतन्त्र सुधारको बाटोमा

वि.सं.२०७९ पुस २१ बिहीवार १०:४४

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नयाँ सरकार आएसँगै चालु पुँजी...

आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने, शेयर गरेर सबैमाझ पुर्याउ!

आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने, शेयर गरेर सबैमाझ पुर्याउ!

वि.सं.२०७९ असार २९ बुधवार १०:२७

काठमाडौं । निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता...