२९५ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो
वि.सं.२०८१ पुस २ मंगलवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक २.९५ अंक बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।
आज ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज ११७ कम्पनीको मूल्य घटेको छ । जसमा कुथेली बुखरी जलविद्युतको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आरबीबी म्युचुअल फन्ड २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घघेको छ । त्यस्तै, आज १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित समय : १५:२२ बजे





















