back

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोनाश्रेष्ठ नियुक्त

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ । मनिलास्थित एडीबी मुख्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्नेछिन् ।

नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको नेतृत्व सम्हाल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

श्रेष्ठ विकास क्षेत्रमा अनुभवी नेतृत्वकर्ता हुन् । उनीसँग २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव छ । उनले २३ वर्ष एडीबीमै बिताएकी छन् । यसअघि उनी दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । साथै, उनले एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक, र इन्डोनेसियाकी उप–देश निर्देशकका रूपमा पनि काम गरिसकेकी छन् ।एडीबीमा प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा सञ्चालन अनुभव हासिल गरेकी थिइन् ।

नेपाली नागरिक श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन् । उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त गरेकी हुन् । सन् १९६६ मा स्थापना भएको एडीबी एशिया तथा प्रशान्त क्षेत्रमा समावेशी, लचिलो र दिगो आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । एडीबीमा ६९ सदस्य राष्ट्र आबद्ध छन्, जसमा ५० राष्ट्र क्षेत्रीय सदस्य हुन्।

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...