back

‘फेकनलाई थप उचाइमा पुर्याउनका लागि मेरो उम्मेदवारी हो’ – दुलाल

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को शनिवार हुने निर्वाचनका लागि उपाध्यक्षमा किशोर दुलाल (खगेन्द्र) ले उम्मेदवारी दिएका छन् ।

हिजो मंगलबार संस्थाको कार्यालय डिल्लीबजारमा उम्मेदवारी दर्ता गरेपछि उनले सबैलाई सहयोगको लागि आग्रह गरेका छन् । ‘संस्थाको लागि केही गरौं भनेर उपाध्यक्ष बन्न खोजेको हुँ, संस्थामा अहिलेसम्म मैले गरेको योगदानलाई आधार मानेर पनि सबैले मतदान गर्नेमा ढुक्क छु ’ उनले भने ‘फेकनलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याएर पहिचान स्थापित गर्ने मेरो अर्को योजना हो ।’ लामो समयदेखि संस्थासँग आबद्ध रहँदै आएका दुलाल काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिक एजुकेशन कर्नरका संचालक हुन् ।

उनले फेकनलाई गतिशील, समावेशी र गर्विलो संस्था बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको जनाएका छन् । सामाजिक सञ्जालबाट पनि सार्वजनिक अपिल गरेका दुलालले संस्थाको गौरवमय इतिहासप्रति सम्मान व्यक्त गर्दै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाको गरिमा र व्यावसायिक दिशालाई मजबुत बनाउन आफ्नो भूमिका आवश्यक रहेको बताएका छन् । उनले फेकनले विगतमा उल्लेखनीय उचाइ हासिल गरे पनि त्यो उचाइलाई कायम राख्न झनै बढी प्रतिबद्धता, मेहनत र सहकार्यको खाँचो भएको बताएका छन् ।

एक कार्यकाल फेकनको सदस्य भएर काम गरिसकेका उनले आफूसँग भएको ज्ञान, सीप र अनुभवलाई भोलिको दिनमा पनि संस्थाकै लागि खर्चिने बताएका छन् । ‘पद लिनु एउटा कुरा हो, पदमा आउन त सबैलाई मन हुन्छ तर पद सम्हालेपछि उसले संस्थाको लागि कति समय दिन्छ कि दिँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनले भने ‘ मैले हिजोको दिनमा पनि व्यक्तिगत र आफ्नो व्यावसायिक काम छोडेर संस्थाको लागि समय दिएको थिएँ अब भोलिको दिनमा पनि झन् बढी समय दिएर आफ्नो जिम्मेवारी पूरा गर्छु ।’

उनले आफ्नै पहलमा सदस्य संख्या बिस्तार गरेर पनि संस्थाको आधारशीला बलियो बनाएको बताएका छन् । उनलाई धेरैले स्पष्ट दृष्टिकोण, स्वच्छ मनोवृत्ति र गहिरो उत्तरदायित्व बोध भएको व्यक्तिको रुपमा बुझ्ने गरेका छन् । ‘फेकन छ र म छु, फेकन रहुञ्जेल म सधैँ यो संस्थाको जिम्मेवार सदस्य भएर रहने छु’ उनी भन्छन् ‘फेकनले हामीलाई जुन पहिचान दिएको छ त्यसलाई बढाउँदै विश्व समुदायले पत्याउने फेकन बनाउने उद्येश्य सबैको हुनुपर्छ ।’

आफ्नो उम्मेदवारी स्वाभाविक, समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै उनले सबै फेकन सदस्यहरूलाई साथ, समर्थन र विश्वासका लागि आग्रह गरेका छन् । ‘आजको टड्कारो आवश्यकता भनेको गर्विलो फेकन हो, जुन हाम्रै पालामा सम्भव छ’ भनेका छन् । निर्वाचनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचनमा २ सय ६२ मतदाता रहने छन् ।

nactional life
Corporatebazar 11 Anniversary

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी (तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४१

समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा...

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

वि.सं.२०८२ चैत १६ सोमवार १७:२१

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा...

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले...

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:३१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले...

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले गरे पदबहाली

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२४

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

पदबहाली गर्दै सस्मित पोखरेलले भने : शिक्षा क्षेत्रलाई पार्दर्शी बनाउँछौं

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...