back

‘फेकनलाई थप उचाइमा पुर्याउनका लागि मेरो उम्मेदवारी हो’ – दुलाल

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को शनिवार हुने निर्वाचनका लागि उपाध्यक्षमा किशोर दुलाल (खगेन्द्र) ले उम्मेदवारी दिएका छन् ।

हिजो मंगलबार संस्थाको कार्यालय डिल्लीबजारमा उम्मेदवारी दर्ता गरेपछि उनले सबैलाई सहयोगको लागि आग्रह गरेका छन् । ‘संस्थाको लागि केही गरौं भनेर उपाध्यक्ष बन्न खोजेको हुँ, संस्थामा अहिलेसम्म मैले गरेको योगदानलाई आधार मानेर पनि सबैले मतदान गर्नेमा ढुक्क छु ’ उनले भने ‘फेकनलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याएर पहिचान स्थापित गर्ने मेरो अर्को योजना हो ।’ लामो समयदेखि संस्थासँग आबद्ध रहँदै आएका दुलाल काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिक एजुकेशन कर्नरका संचालक हुन् ।

उनले फेकनलाई गतिशील, समावेशी र गर्विलो संस्था बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको जनाएका छन् । सामाजिक सञ्जालबाट पनि सार्वजनिक अपिल गरेका दुलालले संस्थाको गौरवमय इतिहासप्रति सम्मान व्यक्त गर्दै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाको गरिमा र व्यावसायिक दिशालाई मजबुत बनाउन आफ्नो भूमिका आवश्यक रहेको बताएका छन् । उनले फेकनले विगतमा उल्लेखनीय उचाइ हासिल गरे पनि त्यो उचाइलाई कायम राख्न झनै बढी प्रतिबद्धता, मेहनत र सहकार्यको खाँचो भएको बताएका छन् ।

एक कार्यकाल फेकनको सदस्य भएर काम गरिसकेका उनले आफूसँग भएको ज्ञान, सीप र अनुभवलाई भोलिको दिनमा पनि संस्थाकै लागि खर्चिने बताएका छन् । ‘पद लिनु एउटा कुरा हो, पदमा आउन त सबैलाई मन हुन्छ तर पद सम्हालेपछि उसले संस्थाको लागि कति समय दिन्छ कि दिँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनले भने ‘ मैले हिजोको दिनमा पनि व्यक्तिगत र आफ्नो व्यावसायिक काम छोडेर संस्थाको लागि समय दिएको थिएँ अब भोलिको दिनमा पनि झन् बढी समय दिएर आफ्नो जिम्मेवारी पूरा गर्छु ।’

उनले आफ्नै पहलमा सदस्य संख्या बिस्तार गरेर पनि संस्थाको आधारशीला बलियो बनाएको बताएका छन् । उनलाई धेरैले स्पष्ट दृष्टिकोण, स्वच्छ मनोवृत्ति र गहिरो उत्तरदायित्व बोध भएको व्यक्तिको रुपमा बुझ्ने गरेका छन् । ‘फेकन छ र म छु, फेकन रहुञ्जेल म सधैँ यो संस्थाको जिम्मेवार सदस्य भएर रहने छु’ उनी भन्छन् ‘फेकनले हामीलाई जुन पहिचान दिएको छ त्यसलाई बढाउँदै विश्व समुदायले पत्याउने फेकन बनाउने उद्येश्य सबैको हुनुपर्छ ।’

आफ्नो उम्मेदवारी स्वाभाविक, समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै उनले सबै फेकन सदस्यहरूलाई साथ, समर्थन र विश्वासका लागि आग्रह गरेका छन् । ‘आजको टड्कारो आवश्यकता भनेको गर्विलो फेकन हो, जुन हाम्रै पालामा सम्भव छ’ भनेका छन् । निर्वाचनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचनमा २ सय ६२ मतदाता रहने छन् ।


नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

वि.सं.२०८२ जेठ ३ शनिवार २०:२६

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट...

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

वि.सं.२०८२ जेठ २ शुक्रवार १५:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र...

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:३३

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश...

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

वि.सं.२०८२ वैशाख २५ बिहीवार १७:४१

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार...

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

राजन लम्सालद्धारा लायन्स अन्तर्राष्ट्रिय निर्देशक पदको इन्डोर्शी उम्मेद्वारी दर्ता

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:२९

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीमा राजन लम्सालले मनोनयन दर्ता...