back
Naima

गोर्खाज फाइनान्सको कामु सीईओमा दिपक न्यौपाने नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले दिपक न्यौपानेलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ ।

आज (बुधबार) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिन निर्णय गरेको हो ।

वित्तीय संस्थामा हाल कार्यकारी प्रमुख पद रिक्त रहेको छ भने हालसम्म कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका मुकुन्द श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि उक्त जिम्मेवारी न्यौपानेलाई दिइएको हो ।

नवनियुक्त न्यौपाने विगत तीन वर्षदेखि गोर्खाज फाइनान्समा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन्। अर्थशास्त्रमा एमफिलसम्मको शैक्षिक योग्यता हासिल गरेका न्यौपानेलाई वित्तीय क्षेत्रको करिब एक दशकको अनुभव छ । उनले विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुखको भूमिका निर्वाह गर्नुका साथै लेखापरीक्षण फर्महरूमा समेत काम गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

वि.सं.२०८३ साउन २६ मंगलवार १६:२३

काठमाडौं । महिलाहरूको नेतृत्व विकास, आपसी आत्मीयता तथा सामाजिक सेवाका...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

वि.सं.२०८३ साउन २० बुधवार १६:२२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण...