back

गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त

काठमाडौं। गरिमा विकास बैंकको सिईओमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

उपाध्याय गरिमाकै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरतलाई सञ्चालक समितिको चैत १४ मा बसेको ३०४औं बैठकले सिईओमा नियुक्त गरेको हो ।

आगामी वैशाख १ देखि लागू हुने गरी उपाध्यायलाई ४ वर्षको लागि सिईओमा नियुक्त गरिएको हो ।


व्यवस्थापनमा स्नातकोत्तर उपाध्याय बैंक स्थापनाकालदेखि कार्यरत रहनुका साथै १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनर प्राध्यापन पेसामा संलग्न थिए ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ देखि रिक्त हुने पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सीईओको जिम्मेवारी दिने निर्णय सञ्चालक समिति बैठकले गरेको हो ।

सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई २०८० चैत १५ देखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले हाल १२३ शाखा, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।


हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:१४

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा अशोक शम्शेर...

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ

वि.सं.२०८० चैत १५ बिहीवार २२:२६

काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठले...

सागर ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

सागर ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

वि.सं.२०८० फागुन २९ मंगलवार ११:४०

काठमाडौ । धितोपत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

वि.सं.२०८० फागुन ६ आइतवार २२:४७

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा डा.चण्डिका...

मञ्जुश्री फाइनान्सको संचालकमा सतीस गौतम

मञ्जुश्री फाइनान्सको संचालकमा सतीस गौतम

वि.सं.२०८० फागुन ६ आइतवार १३:०२

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले संचालक नियुक्ति गरेको छ ।...

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

वि.सं.२०८० माघ २४ बुधवार १२:३०

काठमाडौँ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल...