स्वाभिमान लघुवित्तको लाभांश घोषणा

वि.सं.२०७९ माघ १२ बिहीवार

काठमाडौं । स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रहेको छ ।
अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति भई र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित समय : ११:१० बजे