back

अब खानेपानीमा ठग्नेलाई सरकारले कारबाही गर्ने, बोत्तलको १६ र जारको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने

काठमाडौं । सरकारले १ लिटरको बोतलमा भरिएका खाने पानीलाई १६ रुपैयाँभन्दा महँगो मूल्यमा बेच्न नपाइने व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यकाभित्र १६ र उपत्यका बाहिर २० रुपैयाँभन्दा महँगोमा पानी बेच्न नपाइने गरी बाणिज्य विभागले मूल्य निर्धारण गरेको हो ।

अहिले काठमाडौंमा पसलैपिच्छे भिन्दाभिन्दै भाउ गरेर एक बोतल पानी १५ देखि ३० रुपैयाँसम्म बेचिरहेका छन् ।

विशेष शुद्धिकरण र प्याकेजिङ गरिएका महँगा ब्राण्डेड पानीको मूल्य भने यसमा समावेश छैनन् । यो मूल्य हामीले हरेक पसलमा किनेर पिउन पाइने साधारण बोतलको पानीका लागि हो ।

त्यस्तै २० लिटरको जारमा भरिएको पानीको भाउ बढीमा ४७ रुपैयाँसम्ममात्रै लिन पाइने नियम बनाइएको छ । उपत्यका बाहिर १ जार पानीको बढीमा ६० रुपैयाँसम्म लिन पाइने भनिएको छ । अहिले उपत्यकाभित्रै ठाउँअनुसार ३० देखि ६५ रुपैयाँसम्ममा पानी विक्रि भइरहेको व्यवसायी नै बताउँछन् । त्यतिमात्रै होइन, २० लिटरको जार भनेर १८–१९ लिटरमात्रै अट्ने जार बनाउने गरेको गुनासो आउन थालेपछि विभागले यसमा पनि ध्यान दिने भनेको छ । पछिल्ला केही वर्षयता जार र बोतलको आकार घटाएर उद्योगीले ठग्ने गरेको गुनासाहरु आउन थालेको विभागका अधिकारीले बताए ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीहरुलाई बोलाएरै तोकिएभन्दा धेरै मूल्य नलिन निर्देशन दिएको छ । विभागले तोकिएभन्दा बढी मूल्य असुलेको पाएको भनेर अब त्यसो गरे कारबाही गर्ने भनेको छ । विभागले गत सोमबार पानी उत्पादक तथा बिक्रेताहरुलाई बोलाएर खानेपानीको बिक्री वितरणमा मनलाग्दी नगर्न भनेको हो ।

पानीको गुणस्तर र जारको गुणस्तर तथा मापदण्डका विषयमा विभागले विशेष अनुगमन सुरु गर्ने तयारी थालेको बताएको छ ।

विभागका महानिर्देशक महेश भट्टराईले पानीको मूल्य र गुणस्तरको विषयमा व्यावसायीलाई सजग गराएको बताए ।

यसअघि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लामो अध्ययन पश्चात् पानीको मूल्य निर्धारण गरेको थियो । उक्त मूल्य कार्यान्वयन गराउन अहिले विभागले अग्रसरता देखाएको हो ।

 


Kageshwori manohara
राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

वि.सं.२०८० मंसिर १२ मंगलवार २१:०८

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई...

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

वि.सं.२०८० मंसिर १० आइतवार १७:५४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म...

नेपाल विद्युत प्राधिकरणले  गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

नेपाल विद्युत प्राधिकरणले गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

वि.सं.२०८० मंसिर ७ बिहीवार १८:१९

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को...

सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास

सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास

वि.सं.२०८० मंसिर ७ बिहीवार १७:१८

काठमाडौं । सरकारले सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार...

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

वि.सं.२०८० मंसिर ६ बुधवार १४:३९

काठमाडौँ । विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै...