back

पुनःलमजुङ नै केन्द्रबिन्दु बनाएर गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । लमजुङमा नै केन्द्रबिन्दू बनाए पुनः भूकम्प गएको छ । बुधबार बिहानै लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर भूकम्प आएकोमा पुनः ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।

भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति भएको र केही स्थानीय घाइते भएको जानकारीमा आएको छ । तर यकिन विवरण आउन अझै बाँकी छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।

२०७८ जेठ ५ गते प्रकाशित


प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

वि.सं.२०८१ माघ २ बुधवार ०८:५३

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

वि.सं.२०८१ पुस २४ बुधवार १३:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले...