back
skip this gaugauma singhadarbar

खै कहाँ छ सरकार ?

देश यतिखेर कोभिड १९ को महामारीको चपेटामा छ । आम नागरिकहरु अस्पतालमा अक्सिजन नपाएर छटपटाइरहेका छन् । अस्पतालहरुमा अक्सिजनको हाहाकार छ । अक्सिजनको सिलिण्डर छैन, सिलिण्डर भए पनि अक्सिजन भर्ने ठाउँ छैन । दैनिक १५ देखि २० जनाभन्दा बढी अक्सिजन नपाएरै मरिरहेका छन् । अस्पतालहरुले बिरामीहरुलाई अक्सिजन आफै जोहो गर्न भनिरहेका छन् । सरकार भने अस्पतालहरुलाई अक्सिजन प्लान्ट १५ दिनभित्रै व्यवस्था गर भनिरहेको छ ।

नागरिकहरु सरकार र अस्पतालको यस्तो गैर जिम्मेवारपूर्ण कार्यले अक्सिजन खोज्न सडकमा दौडिरहेका छन् तर एक सिलिण्डर अक्सिजन जोहो गर्न नपाउँर्दै आफन्तहरुको अस्पतालमा गेटमै मृत्यु भइरहेको यथार्थता देखिन्छ । अबस्था यति भयानक र दर्दनाक छ, पैसा तिर्छु बिरामीको उपचार गरिदेउ न भन्दा पनि सरकार र अस्पताल यसै लाचार बनिरहेको छ । वास्तविकता यस्तो छ की स्थानीय निकायहरु आइसोलेसन सेन्टर बनाएर अक्सिजन सहितको आइसोलेसन भनेर अक्सिजनको सिलिण्डर प्रदर्शनी गरिरहेका छन् ।

 

“आइसोलेसन बनाउने कुरा नराम्रो होइन तर भर्खरै बनाइएका आइसोलेसनमा खचाखच कोरोनाका बिरामीहरु छैनन् । त्यसैले आइसोलेसनमा अक्सिजन सिलिण्डर होल्ड गरेर अस्पतालहरुमा अक्सिजनको हाहाकार नपारौ ।”

अति आवश्यक बिरामीलाई तुरुन्त अक्सिजन तुरुन्त पुर्याइदिने व्यवस्था गरिदेउ सरकार । आइसोलेसनमा बिस्तारै बिरामी संख्या अनुसार बाहिर बाट आयात गरी व्यवस्थापन गर्नतिर लागौं । मिनेट घण्टाभित्र अक्सिजन चाहिनेको अहिलेको अबस्थामा अक्सिजन जहाँ कही पनि होल्ड गरेर राख्नु ठूलो अपराध हो । त्यस्तै मरिहालिन्छ की भनेर हुनेखानेहरु पनि चर्को मूल्यमा अक्सिजन सिलिण्डरहरु घरमा जोहो गरिरहेका छन् । सरकार र ठूलाबडाहरु पनि अक्सिजन सिलिण्डर आफ्नो बल बुताले भ्यासम्म टन्न थुपार्न लागि परेका छन् । यो पनि नगरौं । यसो गर्दा पनि अक्सिजनको अभाव भइरहेको छ । आपतकालीन अबस्थामा मात्र अक्सिजन घरमा राखौं ।

आखिर घरमै अक्सिजन राखे पनि स्वास्थ्य जटिलताको बेला हामी सबै अस्पताल जानैपर्दछ । घरमा अक्सिजन राखेर ठूलो भइदैन । त्यसैले मानवमाथिको लाशको खेल कसैले पनि नगरौं । यो महाअपराध हो । जुन क्षमा हुदैन । बुझिराखौं । अक्सिजन प्लान्टको व्यवस्था अस्पताललाई आफै गर भन्दै सरकार यस माहामारीको विकारल अबस्थाबाट पन्छिन खोजेको छ ।

एउटा अक्सिजन प्लान्ट जडान गर्न नसक्नेलाई पहिले सरकारले किन अस्पताल खोल्ने लाइसेन्स दियो अनि फेरि यो महामारीमा आएर अक्सिजन व्यवस्था सहज बनाउनुपर्नेमा किन जटिल बनाउदैछ ।

समाजसेवीहरुले गरीब दिनदुःखीको सेवा जसोतसो गरेर खोजेर ल्याएको अक्सिजन सिलिण्डर भरिदिने र अस्पताल लाने दिन सहजीकरण किन गर्दैन, सरकार । अस्पतालको र सि.डी.ओ.को सिफारिस बिना सर्वसाधारणले अक्सिजन ओसारपसार गर्न पाउदैन किन भन्छ सरकार ?

यो अवस्थामा कहाँ जाने एउटा सर्वसाधरण । मानिस बिरामी लिएर गए अस्पताल गेटबाटै बिरामी राख्ने बेड छैन भनेर गलहत्याइदिन्छन् । बल्ल तल्ल भर्ना लिए पनि अक्सिजन छैन आफै व्यवस्था गर्नु भन्छ, बिरामीको तलमाथि परे कही कतै उजुर बाजुर गर्न पाइनेछैन भनेर सहीछाप लगाउन बाध्य पार्छ ? यो के अबस्था हो, के यही हो नागरिकको बाँच्न पाउने अधिकार ।

संबिधानमा उल्लेख नागरिककको मौलिक हक नै हनन गर्न पाइन्छ यो महामारीमा । कहाँ छन् मानवअधिकारका कुरा गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु, उपभोक्ता अधिकारकर्मीहरु । सबै कोरोनाले सिध्याउँछ भनेर त्राही त्राही भएर कुन कुन दुलोमा पसेका छन् । यसको मूल्यांकन जनताले समय आएपछि गर्नैपर्ने हुन्छ ।

खाडी मुलुकमा गएर नेपाली युवाहरुले ५६० बढी थान अक्सिजन किनेर यो महामारीमा नेपाल पठाए तर त्यो अक्सिजन पनि सरकारका केही पहुँचवालाहरुले लिएर सर्वसाधारण सम्म पुर्याएनन् भन्ने जनगुनासोहरु आम सञ्चार माध्यम र सोसल मिडियाहरुमा सार्वजनिक भइरहेका छ ।

सरकारले १८ हजार अक्सिजन सिलिण्डर चाइनाबाट ल्याउँदैछ भन्ने कुरा पछि आएर झुट साबित भयो । जुन कुरा व्यापारीहरुले चाइनाबाट किनेको र तातोपानी भन्सारमार्फत काठमाडौ ल्याइदैछ भन्ने सरकारकै पछिल्लो अभिव्यक्तिले सरकार यो कोभिड १९ को महामारीलाई कति खेलाची सम्झदैछ भन्ने स्पष्ट हुन्छ ।

१ लाख भन्दा बढी कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । उनीहरुलाई सही परामर्श दिन न त सरकारले अग्रसरता देखाएको देखिन्छ न त गैर सरकारी स्वास्थ्य संघ संस्थाहरुले नै चासो देखाएका छन् । नीजि क्षेत्रले पनि यो महामारी व्यवस्थापनका लागि खुलेर बाहिर आउन सकेको छैन । होम आइसोलेसनका बसेका बिरामीको कही कतै र्मत्यु भइहाले त्यसको व्यवस्थापन गर्न पनि उत्तिकै झन्झटिलो छ ।

एउटा सर्वसाधरणले सीसीएमसीले तोकेको प्रक्रिया नै पूरा गर्न सक्दैन । त्यसैले कतिपय होम आइसोलेसनमा बसेका बिरामीको मृत्यु भएमा त्यो शव उठ्न कम्तीमा १ दिन लाग्छ कतिपय अबस्थामा २ दिनसम्म लाग्ने सीसीएमसीका शव व्यवस्थापनमा खटिएकाहरु नै बताउँछन् ।

कोभिड १९ कोरोनाको संक्रमण घर टोलमा फैलिन दिनुहुन्न भनिन्छ तर अबस्था यस्तो छ की कोभिड बिरामीको शव २ दिनसम्म उठ्दैन, कति लाजमर्दो जनस्वास्थ्य माथिको हेलचेक्र्याई होइन र ! यस महामारीमाको बेला केही संघ संस्था र समाजसेवी मन भएका व्यक्तिहरु मात्र आफ्नो स्वास्थ्य, घर परिवार र धन सम्पत्तीको कुनै वास्ता नगरी उच्च मनोबलका साथ समाजसेवामा लागि परेका छन् ।

भन्न लाजै लाग्छ खाडी मुलुकमा रहेका नेपालीहरु बाहेकका विकसित मुलुकहरुमा रहेका गैरआवासी नेपालीहरुले यो दोस्रो कोभिड १९ को महामारीमा कुनै साहसिक सहयोगमुलक काम गर्न सकेका छैनन् । कतिपय रोजगारी नभएका मानिसहरु सडकमा भोकभोकै परिरहेका छन् । केही सामाजिक संघ संस्था र अभियन्ताहरुले चलाएको निःशुल्क खाना खाने अभियानमा ३ ४ किलोमिटर हिडेर सुत्केरी महिला, दृष्टिविहीन व्यक्ति, बालबालिका र जेष्ठ नागरिकहरु एक पेट खानका लागि लाइन बसेको दृश्यहरुले मन कटक्क खान्छ ।

यो महामारीमा धन हुने भन्दा पनि मन हुनेहरुले आफ्नो गाँस कटाएर पनि खाना खुवाउने अभियानलाई सहयोग गरिरहेका छन् ।

यस्तो अबस्थामा कहाँ छ हाम्रो सरकार ? भनेर जनजनले आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीय सरकार किन चुप बसिरहेको छ । किन गरीब दिनदुःखी, बेरोजगार र मजदुरहरुको लागि राहतको सही प्याकेज ल्याउन ढिला गरिरहेको छ । कसको सरकार बनाउने, को प्रधानमन्त्री, को को मन्त्री बन्ने भन्ने फोहोरी राजनीति खेलमा अल्झिरहेको छ, सरकार । यो संकटको बेला किन सबै राजनीतक दलहरु राष्ट्रिय एकताका एकजुट हुन नसकेका ।

यहाँ मैले सरकारको आलोचना गर्न खोजेको होइन, अहिलेको यथार्थतालाई सचेत नागरिकको हैसियतले महामारीमा राज्यको दायित्वप्रति सरकारको ध्यानाकर्षण गराएको मात्र हो । त्यसैले कोभिड १९ को यो महामारी नियन्त्रणमा सरकार, राजनीतिक दल र नागरिक एकसाथ भई लाग्नुपर्दछ ।

पहिले नागरिकको ज्यान बचाउनका लागि सबै एकजुट होऔं यसमा राज्यले अभिभावकको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी नराखोस् । नागरिक रहे मात्र समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउँछ । फुटेर होइन जुटेर कोरोनाको यो लडाई जित्न सरकारले आफ्नो संयन्त्र एकैसाथ परिचालन गरोस् । – लेखक : भरतराज उप्रेती

२०७८ जेठ ५ गते प्रकशित।

nactional life -asoj
gaugauma singhadarbar

जेनजी आन्दोलनको नारा थियो हामी परिवर्तन चाहन्छौं तर जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

जेनजी आन्दोलनको नारा थियो हामी परिवर्तन चाहन्छौं तर जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

वि.सं.२०८२ कात्तिक २ आइतवार १५:४३

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको...

जेन–जी आन्दोलन: सात दशकसमम्मा पनि स्थायित्व र सुशासन अझै अधुरो

जेन–जी आन्दोलन: सात दशकसमम्मा पनि स्थायित्व र सुशासन अझै अधुरो

वि.सं.२०८२ असोज २७ सोमवार १२:१८

जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा...

दशैंमा कोट र टिका : प्रेरणाको यात्रा

दशैंमा कोट र टिका : प्रेरणाको यात्रा

वि.सं.२०८२ असोज १२ आइतवार १६:३८

नेपाली समाजको बृहत् क्यानभासमा दशैं केवल एक पर्व होइन, यो...

नेपालमा नयाँ पुस्ताको नेतृत्व माग

नेपालमा नयाँ पुस्ताको नेतृत्व माग

वि.सं.२०८२ भदौ ३१ मंगलवार १८:१२

नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली,...

करोडौं तलब खाने बैंकर मनोज ज्ञावलीलाई दर्जन प्रश्न

करोडौं तलब खाने बैंकर मनोज ज्ञावलीलाई दर्जन प्रश्न

वि.सं.२०८२ भदौ ८ आइतवार १०:४७

नविल बैंकका सिइओ मनोज मनोज ज्ञावलीले पत्रकार राजेन्द्र बानियाँको टेलिभिजन...

प्रधानमन्त्रीज्यु, ‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ !

प्रधानमन्त्रीज्यु, ‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ !

वि.सं.२०८२ भदौ ५ बिहीवार ११:२१

गाडी शाहुहरुको संगठन नाडा अटोमोबाइल एसोसिएसनको ‘१७ औ नाडा अटो...