back

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, के होला त कारबाही ?

“प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै रहेका छन्, सांसद बस्नेतसहित फरार रहेका २५ जनाको खोजी जारी छ”,उहाँले भन्नुभयो, “सहकारीमा हिनामिना भएको रु १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाय माग दाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएका छौँ ।”

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ ।

बचतकर्ताको रु १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलानुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपिकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।

“प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै रहेका छन्, सांसद बस्नेतसहित फरार रहेका २५ जनाको खोजी जारी छ”,उहाँले भन्नुभयो, “सहकारीमा हिनामिना भएको रु १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाय माग दाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएका छौँ ।”

रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ ।

सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धामा देखाएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । “सेयर सदस्य नरहेका व्यक्तिलाई नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ ।

यहाँ कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको छ”, उहाँले भन्नुभयो ।

बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पूर्जी जारी गरे पनि उहाँ अझै फरार हुनुहुन्छ । प्रहरीका अनुसार संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरीत व्यवस्थापक पाण्डे आफैँले ऋण उपसमितिको ‘माइन्यूट’ उठाएर बिनाधितो आफू निकटलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ ।

कर्जा समितिका संयोजक श्याम भुसालले आफूसम्बद्ध समितिका तीन जनालाई थाहै नदिइ पाण्डेले एक सय ४० जनालाई ऋण दिएको बताउनुभयो । “ऋण दिने नक्कली ‘माइन्यूट’ खडा गरेर एक सय ४० जनालाई पटकपटक गरेर पाण्डेले एक करोड ८५ लाख कर्जा दिएका छन्”, उहाँले भन्नुभयो ।


विसं २०६६ मा स्थापना भएको यो सहकारीमा दुई हजार तीन सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।


सहकारीसम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

सहकारीसम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

वि.सं.२०८१ माघ १९ शनिवार १६:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा...

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

वि.सं.२०८१ माघ १७ बिहीवार १०:४८

रामेछाप । रामेछापको मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु...

सहकारीमा राष्ट्र बैंकको ‘निर्देशन र मापदण्ड’ लागू नगर्न माग: अध्यक्ष भन्छन् ,प्रतिस्थापन विधेयकमार्फत हेरफेर गर्न सकिन्छ

सहकारीमा राष्ट्र बैंकको ‘निर्देशन र मापदण्ड’ लागू नगर्न माग: अध्यक्ष भन्छन् ,प्रतिस्थापन विधेयकमार्फत हेरफेर गर्न सकिन्छ

वि.सं.२०८१ माघ १५ मंगलवार २१:२९

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको भन्दै अब...

सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक : मन्त्री अधिकारी

सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक : मन्त्री अधिकारी

वि.सं.२०८१ माघ १४ सोमवार १३:३४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम...

कति छ तरकारी र फलफूलको मूल्य ?

कति छ तरकारी र फलफूलको मूल्य ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:४३

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको...

बागमती प्रदेशमा मात्रै समस्याग्रस्त १३७ सहकारी संस्थाविरूद्ध उजुरी

बागमती प्रदेशमा मात्रै समस्याग्रस्त १३७ सहकारी संस्थाविरूद्ध उजुरी

वि.सं.२०८१ माघ ८ मंगलवार १३:०२

काठमाडौं । बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ...