back
himalayan life

देशले थेग्ला त मुल्यवृद्धि: चाउचाउ देखि मदिरासम्ममा बढ्यो शुल्क, अब कुन कति महँगो हुन्छ ? (शुल्कसहित)

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।

आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल १०५ रुपैयाँ बनाइएको छ । सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल १०५ रुपैयाँ पुर्याइएको छ ।

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिला २० रुपैयाँ पुर्याइएको छ । कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो २० रुपैयाँ पुर्याइएको छ । आलु चिप्स प्रतिकिलो १७ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा १ रुपैयाँ बढाएर १८ रुपैयाँ पुर्याइएको छ ।

सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर ११ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पुर्याइएको छ ।

सुर्तीरहित पान मसला प्रतिकिलो ८२१ रुपैयाँबाट बढाएर ८५० रुपैयाँ पुर्याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुट्खा) को अन्तःशुल्क प्रतिकिलो ३५० रुपैयाँबाट बढाएर ३६५ रुपैयाँ पुर्याइएको छ ।

अल्कोहलरहित बियर प्रतिलिटर ३० रुपैयाँबाट बढाएर प्रतिलिटर ३५ रुपैयाँ, जौबाट बनेको बियर प्रतिलिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पुर्याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर ८६ रुपैयाँबाट बढाएर प्रतिलिटर ९० रुपैयाँ पुर्याइएको छ ।

८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर ३० रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा ३५ रुपैयाँ पुर्याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरूको अन्तःशुल्क प्रतिलिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पुर्याइएको छ ।

१५ यु पी शक्तिको (४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर १ हजार ७० रुपैयाँबाट १ हजार ८ सय पु¥याइएको छ । त्यस्तै, ३० यु पी शक्ति (३९.९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर १ हजार २१५ रुपैयाँ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई प्रतिलिटर ३५ बढाएर १ हजार २५० रुपैयाँ पुर्याइएको छ ।

ह्विस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर २२८ रुपैयाँ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर प्रतिलिटर २३५ रुपैयाँ पुर्याइएको छ । त्यस्तै रम र अन्य स्प्रिटहरूको कच्चा पदार्थको रूपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पुर्याइएको छ ।

१५ यु पी शक्तिको ह्विस्की (४८.५ प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर १ हजार ७५० रुपैयाँ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ । त्यस्तै २५ यु पी शक्ति (४२.८प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर १ हजार ३०६ रुपैयाँ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १ हजार ३४५ रुपैयाँ पुर्याइएको छ । ३९.९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर १ हजार २१५ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर १ हजार २५० रुपैयाँ पुर्याइएको छ ।

जिन र जेनेभाको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर २२८ रुपैयाँ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिलिटर २३५ रुपैयाँ पुर्याइएको छ । ४८.५ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर १ हजार ७५० रुपैयाँ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा प्रतिलिटर ५० रुपैयाँ बढाएर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, ४२.८ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर १ हजार ३०६ रुपैयाँबाट बढाएर १ हजार ३४५ रुपैयाँ पुर्याइएको छ । ३९.९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर १ हजार २१५ रुपैयाँबाट बढेर १ हजार २५० रुपैयाँ पुर्याइएको छ ।

फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम ७१० रुपैयाँ अन्तःशुल्क रहेकोमा त्यसलाई ७३० रुपैयाँ पुर्याइएको छ । ७० मिमिसम्मको लम्बाइ भएको चुरोटमा एम १ हजार ६२५ रुपैयाँ बाट बढाएर १ हजार ६९० रुपैयाँ पुर्याइएको छ ।

७० देखि ७५ मिमिसम्म लम्बाइ भएकोमा प्रति एम २ हजार ३ सय, ७५ देखि ८५ मिमिसम्मकोमा प्रतिएम २ हजार ९७०रुपैयाँ अन्तःशुल्क तोकिएको छ ।

जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो ८२१ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा त्यो बढेर प्रतिकिलो ८५० रुपैयाँ पुर्याइएको छ ।

मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा ५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...