back

सानिमा जनरल इन्स्योरेन्सले कुल बीमाशुल्क आर्जन ७६ प्रतिशतले बढायो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७६ दशमलव ४६ प्रतिशतले बढाएको छ । इन्स्योरेन्सले समिक्षा अवधिमा
४६ करोड ४६ लाख २८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।

यो रकम गत वर्षको यसै अवधिकोभन्दा ७६ दशमलव ४६ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू। २६ करोड ३३ लाख ६ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस वर्ष कम्पनीले १७३ दशमलव ७८ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष ५ करोड ५७ लाख ६४ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष १५ करोड २६ लाख ६८ हजार भुक्तानी गरेको हो ।

यस अवधिसम्म कम्पनीले गत वर्षभन्दा शतप्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष २ करोड ८९ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू। ५ करोड ८१ लाख ७० हजार यो नाफा गरेको हो ।

यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरी चुक्तापूँजी १ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १०१ प्रतिशत बढेर ७ करोड ५९ लाख ५५ हजार कायम भएको छ ।

गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू। ७० करोड र जगेडा कोष रकम ३ करोड ७७ लाख ७१ हजार थियो । बीमाकोष रकम पनि यस वर्ष ९४ प्रतिशत वृद्धि भई ८ करोड ५७ लाख २० हजार पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७ दशमलव ८० र प्रतिशेयर नेटवर्थ ११७ दशमलव शून्य ६ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...