back
himalayan life

ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन, उद्यमशीलता र दिगो विकास प्रवर्द्धनका लागि सहकार्यको सम्झौता भएको छ।

ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। सम्झौतामा दुवै संस्थाले स्थानीय उद्यमीहरूलाई स्टार्टअप इन्क्युबेसन, मार्गदर्शन, डिजिटल साक्षरता, व्यापार र प्रविधि सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने, कृषि प्रविधि, ग्रामीण पर्यटन र हस्तकला आधारित स्टार्टअपहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालको उपस्थितिमा सम्पन्न भएको सम्झौताअनुसार स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवर्द्धन र उद्यमशीलतासम्बन्धी नीति निर्माणमा समेत सहकार्य हुनेछ। साथै, ग्रामीण नवप्रवर्तकहरूलाई बजार र लगानी पहुँच विस्तारमा पनि साथ दिने योजना छ।

सम्झौतापछि प्रतिक्रिया दिँदै कार्यकारी निर्देशक कँडेलले भने, “यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो। फिक्कलका युवा र किसानहरूको उद्यमशील सम्भावनालाई बजार र प्रविधिसँग जोड्ने कार्यको थालनी हुनेछ।” अध्यक्ष पार्वती सुनुवारले पनि यो सहकार्यले समुदायमा रोजगारी सिर्जना, सीप अभिवृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

इन्क्युबेसन सेन्टर प्रमुख गणेश पौडेलका अनुसार, नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यअनुरूप यो साझेदारी महत्वपूर्ण छ। सम्झौता बमोजिम संयुक्त ‘स्टिरिङ कमिटी’ गठन गरिनेछ, जसले कार्यक्रमहरूको योजना, कार्यान्वयन र मूल्याङ्कनको जिम्मा लिनेछ। प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको प्रयोगबाट सुरु गरिने र दीर्घकालीन योजनाका लागि बाह्य लगानी र सीएसआर स्रोतहरू खोजिनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...