यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका लागि नयाँ एक्सचेन्ज अफर ल्याएको छ। कम्पनीले हालै सम्पन्न ‘यामाहा ब्लु फेस्ट’को सफलतापछि ग्राहकहरूलाई लक्षित गर्दै १४ वैशाखदेखि १९ वैशाखसम्म उपत्यकाभरि रहेका सबै आधिकारिक शोरूमहरूमा यो अफर सञ्चालन गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार, यो सीमित अवधिको अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना दुईपांग्रे सवारी साधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन प्रदान गरिनेछ। कर चुक्तिको प्रमाणपत्र अनिवार्य गरिएको छ। साथै, एक्सचेन्ज भ्यालु थप आकर्षक बनाउन ग्राहकहरूलाई अतिरिक्त १० हजार रुपैयाँसम्मको बोनस पनि उपलब्ध गराइनेछ।
ग्राहकहरूले धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा लिन सक्नेछन् भने, केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै, “Thrill of 3” योजना अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको स्योर शट छुट पाउन सक्नेछन्। एक्सचेन्ज अफरअन्तर्गत हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता एसेसरिज निःशुल्क प्रदान गरिनेछ।
अफरका लागि यामाहाले आफ्ना चर्चित मोडलहरू उपलब्ध गराएको छ। दैनिक सवारीका लागि RayZR 125FI Hybrid, रेसिङ प्रेमीका लागि R15, स्ट्रीट फाइटर लुक्सका पारखीका लागि MT-15 V2, स्पोर्टी स्कूटर अनुभव खोज्नेहरूका लागि Aerox 155, अफ–रोड साहसिक यात्राका लागि WR 155R र स्टाइल, पर्फर्मेन्स तथा लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि FZ-S V3 लगायतका मोडलहरू उपलब्ध छन्।
नेपालमा एमएडब्लु राइड्समार्फत सञ्चालन भइरहेको यामाहा नेपालले अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका कारण नेपाली बजारमा आफूलाई विश्वासिलो ब्रान्डको रूपमा स्थापित गरेको छ। कम्पनीले नयाँ अफरमार्फत ग्राहकलाई अझ सहज र रोमाञ्चक सवारी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रकाशित समय : १४:०६ बजे