back
himalayan life

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका लागि नयाँ एक्सचेन्ज अफर ल्याएको छ। कम्पनीले हालै सम्पन्न ‘यामाहा ब्लु फेस्ट’को सफलतापछि ग्राहकहरूलाई लक्षित गर्दै १४ वैशाखदेखि १९ वैशाखसम्म उपत्यकाभरि रहेका सबै आधिकारिक शोरूमहरूमा यो अफर सञ्चालन गर्ने घोषणा गरेको हो।

कम्पनीका अनुसार, यो सीमित अवधिको अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना दुईपांग्रे सवारी साधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन प्रदान गरिनेछ। कर चुक्तिको प्रमाणपत्र अनिवार्य गरिएको छ। साथै, एक्सचेन्ज भ्यालु थप आकर्षक बनाउन ग्राहकहरूलाई अतिरिक्त १० हजार रुपैयाँसम्मको बोनस पनि उपलब्ध गराइनेछ।

ग्राहकहरूले धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा लिन सक्नेछन् भने, केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै, “Thrill of 3” योजना अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको स्योर शट छुट पाउन सक्नेछन्। एक्सचेन्ज अफरअन्तर्गत हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता एसेसरिज निःशुल्क प्रदान गरिनेछ।

अफरका लागि यामाहाले आफ्ना चर्चित मोडलहरू उपलब्ध गराएको छ। दैनिक सवारीका लागि RayZR 125FI Hybrid, रेसिङ प्रेमीका लागि R15, स्ट्रीट फाइटर लुक्सका पारखीका लागि MT-15 V2, स्पोर्टी स्कूटर अनुभव खोज्नेहरूका लागि Aerox 155, अफ–रोड साहसिक यात्राका लागि WR 155R र स्टाइल, पर्फर्मेन्स तथा लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि FZ-S V3 लगायतका मोडलहरू उपलब्ध छन्।

नेपालमा एमएडब्लु राइड्समार्फत सञ्चालन भइरहेको यामाहा नेपालले अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका कारण नेपाली बजारमा आफूलाई विश्वासिलो ब्रान्डको रूपमा स्थापित गरेको छ। कम्पनीले नयाँ अफरमार्फत ग्राहकलाई अझ सहज र रोमाञ्चक सवारी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...