back
himalayan life

जुम्लामा यान्त्रिक कार्यालय स्थापना हुने

मुगु-  कर्णाली प्रदेशको जुम्लामा रहेको हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएको छ ।

तीन जिल्लाको केन्द्र बिन्दु मानिएको हिमा गाँउपालिकामामा जुम्ला कालिकोट र मुगु तीनवटै जिल्लालाई सेवा प्रवाहमा सजिलो हुनेगरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएको हो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप–महानिर्देशकसंग हिमामा यान्त्रिक कार्यालय स्थापनाका लागि माग गरेको मागलाई सरोकारवाला निकायले सम्बोधन गरेका थिए ।

यान्त्रिक कार्यालयलाई आवश्यक पर्ने आठ रोपनी जग्गा गाउँपालिकाले उपलब्ध गराउन सकेमा छिटै यान्त्रिक कार्यालय स्थापना गर्न सकिने सडक विभागले जानकारी दिएको छ ।

यान्त्रिक कार्यालयले आइतबार हिमा गाउँपालिकालाई परिपत्र गर्दै सडक विभागले भनेको छ,‘गाउँपालिकाका अध्यक्ष श्रीमान् लक्ष्मण बहादुर शाहीज्यूबाट सडक विभागका महानिर्देशक र यान्त्रिक महाशाखाका उप–महानिर्देशकज्यूसँग छलफल गरी उक्त गाउँपालिकाको कुनै उपयुक्त स्थानमा यान्त्रिक कार्यालय, जुम्ला स्थापना गर्न अनुरोध भए बमोजिम मुगु, जुम्ला र कालीकोट तीनवटै जिल्लामा सहज ढङ्गले सेवा पुग्नेगरी सोहि गाउँपालिका अन्तर्गत उचित स्थानमा जग्गा उपलब्ध भएमा यान्त्रिक कार्यालय त्यस क्षेत्रमा स्थापना गर्न सकिने व्यहोरा अनुरोध छ ।’
विभिन्न यान्त्रिक उपकरण राख्ने, मर्मत संभार गर्ने आदि कार्य गर्नुपर्ने हुँदा न्यूनतम ८ (आठ) रोपनी जग्गा आवश्यक हुने देखिएकोले उक्त जग्गा पालिकालाई उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमामा यान्त्रिक कार्यालय स्थापना हिमाबासीलगायत जुम्ला ,मुगु, कालीकोट र रारा घुम्न आएका अन्य जिल्लाका नागरीकहरुले यान्त्रीक कार्यालयबाट दिन र लिन सक्ने भएकाले जतिसक्दो छिटो हुनेगरी कार्यालय स्थापना गर्नको लागि जग्गा र अन्य कुराको आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि पहल गरिरहेको समेत अध्यक्ष शाहीले बताएका छन् ।

अध्यक्ष शाहीका अनुसार यान्त्रिक कार्यालयले विकास निर्माणका कार्यमा यान्त्रिक उपकरणहरु उपलब्ध गराउनुका साथै बाढीपहिरोलगायत दैवी प्रकोपमा आकस्मिक मर्मत तथा उद्दारका कार्य गर्न सहयोग पुराउने छ । साथै यान्त्रि कार्यालय स्थापनापछि हिमाको भौतिक पुर्वाधार तथा सामाजिक रुपान्तरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएका छन् ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

वि.सं.२०८३ असार ५ शुक्रवार ११:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

वि.सं.२०८३ असार २ मंगलवार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक...

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

वि.सं.२०८३ असार १ सोमवार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ...

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

वि.सं.२०८३ असार १ सोमवार १२:४१

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो...

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:१७

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक...