back
nactional

शंखरापुर नगरपालिका भित्र लुकेको ईतिहास

काठमाडौँ बागमती प्रदेश अन्तर्गत काठमाण्डौ जिल्लाको क्षेत्र नं काे उत्तर पूर्वी भागमा अवस्थित ऐतिहासिक महत्वको कला, सांस्कृतिक ग्रामले चिनिने शंखरापुर नगरपालिका  २०७१ साल मंसिर १६ गते स्थापना भएको थियो। वटा गाविस मिलाएर १५ वटावडामा विभाजन गरिएको नगरपालिका  २०७३  सालमा भएकाे स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको  पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी , इन्द्रायणी,नाङ्लेभारे सुन्टाेल  गा.वि. मिलाएर शंखरापुर नगरपालिका बनेको हो। वर्तमान समयमा करीब ६०.२१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस शंखरापुर नगरपालिकालाई वटा वडामा वर्गीकरण गरिएको छ।

२०७८  काे जनगणना अनुसार यसनगरपालिकाको कुल जनसङ्ख्या २७ हजार सय जना  पुगेको भनेजसमध्य १३,६३३ पुरुष १३,५६९ महिला रहेका छन् यहाँका अग्रजहरुले बताए अनुसार यो नगरपालिका ऐतिहासिक रुपमा करिव ३३०० वर्ष अगाडि जोगदेव बज्राचार्यले कलिगतसम्बत् १८०१ मा योजना बनाई शंखको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यस नगरको नामाकरण शंखरापुरनगरपालिका गरिएको हो। याे नगरपालिकाको छिमेकी जिल्लाहरू भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट जिल्ला रहेका छन् भनेयसको छेउका नगरपालिका काठमाण्डौ जिल्लाकै कागेश्वरी मनोहरा नगरपालिका गाेकर्णेश्वर नपा, मेलम्ची नगरपालिका,मन्दनदेउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका संग जोडिएर रहेको याे काठमाडौँ उपत्यकाबाट शंखरापुर नगरपालिकाकै  बाटोभएर सिन्धुपाल्चोक हुदै छिमेकी देश चिनकाे उत्तर पुर्वि भागको स्वशासित क्षेत्र तिब्बत सम्म पुग्ने ऐतिहासिक छाेटाे दुरीको मार्गपनि हाे।

शंखरापुर नगरपालिका भित्र केही लुकेका सम्पत्तिहरु
सम्पदा एतिहासिक वस्तु

यस प्राचिन एवम् एतिहासिक नगरको सम्पदाहरू भनेकै, यहाँका पुराना कलात्मक काष्ठकलाका मुर्ति मन्दिरहरु, ढुङ्गाका पुरानोमुर्तिहरु, एतिहासिक ढुङ्गेधारा, इनार कुवा,पाटिपाैवा, डबलीधातु,काठ ढुङ्गामा कुँदिएको मूर्ति,अभिलेख , चिन्हहरू, संकेतहरू, ढुङ्गामा बनेको गुफा, ठुला ठुला काठ महंगो धातुबाट बनेकाे एतिहासिक रथहरु, – आँखीझ्याल,झिंगती ढुङ्गागाकाछाना, फलामबाट बनेको झोलुङ्गे पुल, एतिहासिक चैत्य ,विहार गुम्बाहरु,- अनेकाैं गरगहना लगाईकाे देवीका मूर्तिहरू, ढुङ्गाका ठुला ठुला एतिहासिक स्तम्भहरू, ठुला ठुला एतिहासिक घण्टीहरु, बाह्रै मास बगिरहने सफा नदीहरु, पुरानो ऐतिहासिकपाेखरी,राजकुलाे, चाेक, गोरेटो बाटो, ढुङ्गाका सिंढीहरु, सामुहिक आँगन, –शिलालेख ताम्रपत्रका आख्यान, नेवारी भाषाकोलिपि, पुरानो औजारहरू, हलाेजुवा, ओखल, ढिंकि, पानीघट्ट, बिभिन्न किसिमका भजन कृतन एवम् स्तुतिहरु, बिभिन्न आकृतिकामन्दिरमा कुँदिएका हस्तकला काष्ठकलाका चित्रहरू रहेको छन्।

पेशा राेजगार, उत्पादन 
यहाँको मुख्य पेशा कृषि हाे। हाेटेल व्यवसाय लगायत अन्य घरेलु तथा साना उद्योगहरु सम्बन्धित स्वराेजगार व्यवसाय यहाँकामानिसहरूको राेजगारी हाे। यहाँ पशुपन्छिपालन,माछापालन,धान, गहुँ, मकै जस्ता अन्नबाली, भटमास,ताेरी,आलु,गाेलभेडा,बन्दा, काउली, मुला, काँक्रो सिमि,बाेडि,लसुन,रायाे, लगायतका नगदेबाली एवम् बेमाैसमि खेतीगरिन्छ। केही अग्लो भुभागमा, अमिलो गुलियो जातका फलफूलहरू लगाइन्छ।


भाषा, भेषभुषा समुदाय
एतिहासिक ,कला, सांस्कृतिक ग्रामकाे नगरी शंखरापुरमा विभिन्न धर्म ,भाषा समुदायका मानिसहरूकाे बसाेबास रहेको , यहाँतामाङ, नेवार, ब्राम्हण, क्षेत्री, गुरुङ, विश्वकर्मा ,मगर,राई, परियार , विश्वकर्मा, लगायतका थर जनाउने मानिसहरुकाे बसोबासरहिआएको यहाँको तामाङ, नेवारी नेपाली भाषा प्रमुख भाषाहरू हुन्। धार्मिक रूपमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेता पनियहाँ, वौद्ध धर्मालम्वीहरू, मुसलमानहरू, क्रिश्चियन धर्मावलम्बीहरू, लगायत अन्य धर्मालम्वीहरू पनि रहेका छन्। परिकारहरू, दालभाततरकारी, अचार, ढिडाे,राेटि, चिउरा, नेवारी खाजा खाना, प्रमुख रहेको छ। पहिरनमासामान्य पाेशाक,कमिज सुरुवाल,ढाकाटोपी, जरी काेट, स्टकाेट , कछाड, सर्ट पाइन्ट, गुन्यू चोली,कुर्था सुरुवाल, साडी चाेलाे, लगायत नेवारी पाेशाक, गुरुङ तामाङले लगाउने पाेशाक पहिरन रहेका छन्।


पर्व , मन्दिर धर्म 
यस नगरमा मुख्य रुपमा मनाउने जात्रा एवम् पर्वहरूमा शालीनदी मेला एवम् माधव नारायण स्वस्थानी व्रतकथा ,बज्रयोगिनी जात्रा,मणिचुड मेला, नयाँ वर्षको मेला, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा मानिन्छ , त्यस्तै प्रमुख चाडपर्वका रुपमा दसैँ, तिहार,जनैपूर्णिमा, शिवरात्री , फागुन पुर्णिमा , माघेसङ्क्रान्ति, चैतेदसैँ, साउने सङ्क्रान्ति, हरितालिका, कृष्णाष्टमी, गाईजात्रा , योमरीपुर्णिमा, ल्होसार, मनाउने गरिएको छ। नेपालको राजधानी काठमाडौं जिल्लामा रहेको नगरपालिका भएर पनि ग्रामीण बस्ती भौगोलिकरुपमा विकट रहेको मानिन्छ केन्द्रीय राजधानीबाट करिब १७/१८ किलाेमिटर दुरीमा रहेको याे नगरको मुख्य विशेषताको रुपमाऐतिहासिक साँखु शहर, बज्रयोगिनि, फेदीखोलाकाे नारायणेश्वर ,पालुवारी, शालिनदी, स्वस्थानीको मन्दिर,मणिचुड कुण्डेश्वर  रहेका छन् मन्दिरहरूखड्गयाेगीनी, स्वस्थानी मन्दिर, माधवनारायण मन्दिर, महादेव मन्दिर, बज्रयोगिनी मन्दिर, नारायणेश्वरमन्दिर,सुनदेवि मन्दिर, शालिग्राम मन्दिर,सलम्वुदेवि मन्दिर, लगायतका मन्दिरहरू प्रमुख रहेका छन्।


नगरकाे इतिहास सम्बन्ध
तिब्बतमुनिको (साँ दयाँ क्वे’) देश भनेर पहिले यस नगरपालिकाको साँखु सहरलाई चिनिन्थ्यो,भने धार्मिक  रुपमा यसलाई लावण्यदेशको रुपमा पनि चिनिन्छ। ऐतिहासिक रुपमा यो ठाउँलाई पहिले साँक्व भनिन्थ्यो, पछि बेलायतीहरूले नक्सा बनाउँदा साँखु भनेरबनाए भन्ने मान्यता रहिआएको त्यहाँका सांस्कृतिकविद् एवम् बुद्धिजीवी बताउँछन् तिब्बती सम्राट स्रङचङ गम्पो भृकुटीको बिहे पनिसाँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ छैटौँ शताब्दितिर भृकुटीसँग बिहे गरेपछि स्रङचङ गम्पोले दाइजोमा बौद्धधर्म यहीँबाटलिएर गएको मान्यता रहदै आएको पाईन्छ ।सन्  ४०३ तिर नेपालका वुद्ध भक्त शाक्य यहि  बाटाे भएर तिब्बत व्यापार गर्न  गएकाेभन्ने भने, सन् ४३३ तिर फाहियान सन् ६३६ तिर युवाङ्ग चाङ्ग (ह्वेनसाङ) ईत्सिङ भन्ने चिनियाँ नागरिक साँखुकाे बाटाे हुदैलुम्बिनी भ्रमण पश्चात भारत भ्रमणमा गएकाे    भनाई पाइन्छ।


शंखरापुरकाे भुगाेल आम्दानीको श्रोत 
शंखरापुर नगरपालिका ग्रामीण भेगका केही समथर भूभाग ,पहाडी फाँट, केही लेक,सिमसार,भिर पाखा,खाेला,सानाे चट्टानकापहाड,खहरे,ठाडाे झरना जङ्गलहरुकाे भाैगाेलिक प्राकृतिक संरचनाले बनेको , यहाँकाे भुधराटलिय स्वरुप अनुसारयहाँका बहुसंख्यक मानिसहरूको पेशा कृषि रहेको छ। कृषि क्षेत्र नै यहाँकाे मुख्य आयकाे आधार स्रोत स्वराेजगार हाे। याेसँगै पर्यटन क्षेत्र पनि केही हदसम्म फस्टाएको ,तर व्यवसायीक तवरले यसलाई विकास गर्न सकिएको छैन।


अन्त्यमाविकास समृद्धिको सम्भावनाकाे भण्डार बाेकेर बसेको याे नगर विभिन्न चुनाैती कठिनाईकासाथ राजनीतिक, सामाजिक रुपमा परिवर्तन भएतापनि आर्थिक रुपमा अझैसम्म सबल सुदृढ बन्न सकेको छैन। वर्तमान अवस्थाको विकसितराजनीतिक घटनाक्रमलाई नजिकबाट हेर्ने बुझ्ने हाे भने आज जति परिवर्तनको आवश्यकता देखिन्छ,यसले दुर दराजका ग्रामीणभेगमा अझ बढि नयाँ बिकास समृद्धिको बाटो खाेलाउन आवश्यक  छ।तब भविष्यमा हामिले एक विकास गर्दै आएको चुनाैतीसँगै सम्भावनालाई पनि पुर्ण बनाउन सक्ने नगरकाे रुपमा चिनाउन सफल हुने छौ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४२

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२...

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:२०

बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको...

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

वि.सं.२०८३ भदौ १ सोमवार १३:०२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...