back
nactional

स्वीस टुरिजम अवार्ड २०२३ का लागि काठमाडौँ महानगरपालिका छनोट

काठमाडौँ। काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ ।यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो ।

पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्णायक समितिले कामपलाई अवार्डका लागि छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

कामपा प्रमुख बालेन्द्र साहलाई पत्र पठाउँदै आयोजक संस्थाले भनेको छ, “यस क्षेत्रको आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यको विशिष्ठतालाई प्रवर्द्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।”

काठमाडौँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदा, मूर्त/अमूर्त सम्पदा र जीवन्त सहरी रमाइलो वातावरणका कारण आगन्तुकलाई मोहित बनाउने पत्रमा उल्लेख छ ।

यो अवार्ड वितरण विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्नेछन । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।

प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु र पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यको सञ्चार र बजारीकरण गरेर सोखिन पर्यटकसमक्ष सूचना पु¥याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो ।

अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मूल्य र पेसाका विषयमा चर्चा गरिन्छ । स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्द्धक कार्यक्रममा सहभागी हुनेछन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

वि.सं.२०८३ भदौ १ सोमवार १३:०२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...