back
himalayan life

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष याम राईले जानकारी दिए ।

६ वडामध्ये एमाले वडा कमिटिले सोमबार जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायीक स्वास्थ्य इकाई बाम्राङ, सामुदायीक स्वास्थ्य इकाई कात्तिके, जलेश्वरी माबि र महेन्द्रज्योती आधारभुत विद्यालयमा ताला लगाएको थियो । गाउँपालिकाले करारका ८१ जना कर्मचारीलाई हटाउने निर्णय गरेपछि एमाले वडा कमिटि तालाबन्दीमा उत्रिएको हो ।

गाउँपालिकाको बजेटबाट तलव पाउने गरी नियुक्त भएका करारका कर्मचारीको १ साउनदेखि करार म्याद थप नगर्ने निर्णय विरुद्ध एमाले वडा कमिटिले सम्वन्धित वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायीक स्वास्थ्य इकाई लगायतका कार्यालयमा तालाबन्दी सुरु गरेको हो ।

३१ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलव भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारी, सामुदायीक स्वास्थ्य इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखामा कार्यरत करारका कर्मचारी, वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारी, गाउँपालिकाको पुर्ण अनुदानबाट विद्यालयमा कार्यरत शिक्षक तथा वालविकास केन्द्रका सहजकर्ताको करार म्याद थप नगर्ने निर्णय गरेको थियो ।

अनावश्यक रुपमा नियुक्त गरिएका करारका कर्मचारी हटाएर आवश्यकताका आधारमा पुन: करारको कर्मचारी नियुक्त गरिने जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि १ असारदेखि लागु हुनेगरी करारका २८ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । करारका कर्मचारी हटाउने नगरको सो निर्णय बिरुद्ध नेपाल निजामती कर्मचारी संगठन खोटाङले बिरोध जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...