back

सहभागि हुने हैनत: एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार ८ लाख पचासी हजार

nactional life

काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ ।

प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।

पहिलो बिजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिब्यक्ती एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिब्यक्ती पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिब्यक्ती चालीस हजार र पाचौं (पाँच जना) प्रतिब्यक्ती तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज , मोस्ट शेयर ,मोस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ ।

भाद्र दस गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा TAG गर्नुपर्नेछ भने HASHTAG को रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले ब्यहोर्नु पर्नेछ ।

कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...