back

बालेन शाहको रफ्तार : फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म,अरु केके गरे?

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख (मेयर)मा निर्वाचित भएर गत जेठ १६ गते शपथ लिएकै दिन बालेन शाह नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे । त्यसदिन उनले काठमाडौंको फोहोर मैला विसर्जन स्थलको अवलोकन गरे । अर्को दिन उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल पनि गरे ।

त्यतिमात्र हैन शपथ लिएको एकसाता भित्रमा उनी दुई पटक सिसडोल–बन्चरेडाँडा क्षेत्र पुगे । स्थानीयका माग पूरा गर्न सक्दो सहयोग गर्ने बताएर उनले फोहोर विसर्जनका लागि सहयोग गर्न आग्रह गरे । फोहोर व्यवस्थापन नगरी बधाई तथा सम्मान नलिने घोषणा गरेका उनले सम्मानका लागि नबोलाउन सार्वजनिक रुपमा आग्रह गर्ने गरेका छन् ।

बालेनको अग्रसरतामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका विज्ञ टोलीले मंगलबार सिस्डोलमा पुगेर त्यहाँको वातावरणीय अवस्थाको अध्ययन गरेका छन् । केही दिनमा त्यसको रिर्पोट आउने बताइएको छ ।फोहोरमैला व्यवस्थापन क्षेत्रका प्रतिनिधिसँग सहमति भएपनि स्थानीयले अवरोध गरेका कारण फोहोर मैला व्यवस्थापनको कार्य भने अगाडि बढ्न सकिरहेको छैन ।

सोमबार सहरी विकास मन्त्रालयल, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच मंगलबारदेखि फोहोर उठाउने सहमति बनेको थियो ।

तर, स्थानीयले कार्यान्वयन हुन दिएनन् । स्थानीयले बुधबार फोहोरका ट्रकलाई अवरोध गर्दा प्रहरीले बल प्रयोग गरेर बिसर्जन गरियो । तर बिहीबार पनि सोही क्रम दोहोरिदै स्थानीयले ढुंगामुढा गरेपछि फोहोरका गाडी त्यसै फर्किए । फोहोरको समस्या समाधान नहुँदा काठमाडौं दुर्गन्धित बन्दै गर्दा यो विषयले बालेनलाई चुनौति थपिएको छ ।

पहिलो पटक स्थानीय तहको कार्यपालिका बैठक लाइभ गर्ने श्रेय बालेनलाई यसरि सम्भव भयो कार्यपालिका बैठक लाइभ : वडाध्यक्षको चर्काचर्की।
चुनावअघि गरेको बाचा अनुसार उनले महानगरको कार्यपालिका बैठक लाइभ गरेर सुशासन र पारदर्शितालाई अगाडि बढाउने कुराको संकेत गरे । पहिलो पटक स्थानीय तहको कार्यपालिका बैठक लाइभ गर्ने श्रेय बालेनलाई जान्छ । जसबाट आम नागरिकले महानगरपालिकामा भएको बैठकलाई प्रत्यक्ष हेर्न पाए । कुन वडाध्यक्षले के कुरा राखे, कसरी प्रस्तुत भए, समस्या समाधानका लागि को गम्भीर छ, जस्ता कुरा मतदाताले प्रत्यक्ष थाहा पाए ।
बैठकका एजेण्डा र निर्णयबारेमा वडाध्यक्षले गरेको चर्काचर्की पनि रोचक बन्न पुग्यो ।

यो विचमा उनले २ पटक शहरी विकास मन्त्री झाँक्रीसँग छलफल गरे । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेर आफूले सबैलाई महत्व दिएको सन्देश दिए । त्यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

रेष्टुरेन्ट र होटलका ट्वाइलेटलाई सार्वजनिक शौचालयमा बदल्ने ‘कन्सेप्ट’
महानगर प्रमुख शाहले चुनाव अघि गरेका प्रतिवद्धतालाई विस्तारै अगाडि बढाउदै छन् ।
रेष्टुरेन्ट र होटलका ट्वाइलेटलाई सार्वजनिक शौचालयमा बदल्ने उनको उद्देश्यले विस्तारै अभियानको रुप लिँदैछ । काठमाडौं महानगर मात्र नभई देशभरका धेरै होटल, रेष्टुरेन्ट तथा विभिन्न संघ संस्थाले आफ्नो ट्वाइलेटलाई सार्वजनिक ट्वाइलेटका लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

पब्लिक ट्वाइलेटका लागि बालेनले लोगो समेत सार्वजनिक गरेका छन् । शहरी क्षेत्रमा खट्किएको सार्वजनिक शौचालयलाई यो अवधारणाले केही हदसम्म पूर्ति गर्ने देखिएको छ ।

बुधबार नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच नबिल बैंकका शाखा कार्यालयका ट्वाइलेटहरू सार्वजनिक ट्वाइलेटको रुपमा प्रयोग गर्न दिनेबारे द्विपक्षीय सम्झौता भएको छ । नबिल बैंकका प्रमुख बजार अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले नबिल बैंकका ब्रान्च कार्यालयका ट्वाइलेटलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिनेबारे द्विपक्षीय सम्झौता भएको बताएका छन् । श्रेष्ठले जहाँ सर्वसाधारणको बढी भिडभाड हुने गरेको छ ती स्थानमा नबिल बैंकको कार्यालय रहेकोले सर्वसाधारणले सेवा पाउने उनले बताए ।

यस्तै महानगरपालिकाले सार्वजनिक शौचालयको रुपमा आफ्नो होटल रेष्टुरेन्टको ट्वाइलेट प्रयोग गर्न दिनेले एक साताभित्रमा महानगरपालिकामा सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

कल सेन्टरको स्थापना : धमाधम आउन थाले गुनासा
चुनाव अघि बालेनले गरेको एउटा प्रतिबद्धता महानगरबासीको गुनासो सुन्न कल सेन्टरको स्थापना गर्ने थियो । सो घोषणा अनुसार काठमाडौं महानगरपालिकामा कल सेन्टरको स्थापना गरिएको छ ।

१६००१०५५११ नम्बरको निःशुल्क फोन गरेर समस्या सुनाउन सकिने कल सेन्टरको स्थापना भएको हो । सोमबार स्थापना गरेको र मंगलबारदेखि सञ्चालनमा आएको कल सेन्टरमा दैनिक ८ सय बढीको फोन आएको महानगरपालिकाले जनाएको छ । महानगरबासीले विभिन्न टोलमा भएका समस्या जानकारी गराउने गरेका छन् । सो कल सेन्टरमा आएको गुनासोको आधारमा समस्या समाधान गर्ने उनको योजना छ ।

विश्वव्यापी रुपमा कुकुर तिहार मनाउने योजना
नेपालको संस्कृतिलाई विश्वव्यापी गर्न चाहेको बताउने महानगरप्रमुख शाहले यस बर्षको कुकुर तिहारलाई विश्वव्यापी रुपमा मनाउने बताएका छन् । बुधबार नेपालका लागि फ्रान्सका राजदूतसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्तामा उनले नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबद्र्धन गर्न चाहेको बताएका छन् । उनले यो वर्षको कुकुर तिहार पर्वमा फ्रान्सेली जनतालाई पनि सहभागी गराउन उनले आग्रह गरेका छन् ।

शपथ लिएर महानगरको मैदानमा नेतृत्व सम्हालेका उनले सुरुवाती दौडधुप बढाएका छन् । आगामी दिनमा महानगरको समस्या समाधानमा उनको रफ्तार कतिको बढ्छ, कतिको सफलता पाउन सक्छन् त्यो भने हेर्न बाँकी नै छ ।


साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:४४

काठमाडौं । काठमाडों महानगरपालिकाले व्यापार, व्यवसाय गर्ने व्यक्ति संघ/संस्थाहरुले परिचय...

नेपाली स्याउले बजार पाएनन्:  विदेशबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रियो

नेपाली स्याउले बजार पाएनन्: विदेशबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रियो

वि.सं.२०७९ भदौ २२ बुधवार ११:०२

काठमाडौं । नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा...

उपत्यकामा नै फोहोर व्यवस्थापन गर्न पहल, कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त

उपत्यकामा नै फोहोर व्यवस्थापन गर्न पहल, कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त

वि.सं.२०७९ साउन २३ सोमवार ११:१२

काठमाडौं । साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ...

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छ : मन्त्री यादव

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छ : मन्त्री यादव

वि.सं.२०७९ साउन ९ सोमवार १२:१८

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले...

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

वि.सं.२०७९ साउन ४ बुधवार ११:२२

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा...

जग्गा धितो राखेर ऋण नपाइने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

जग्गा धितो राखेर ऋण नपाइने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

वि.सं.२०७९ असार ६ सोमवार १८:२९

काठमाडौं । सर्वोच्च अदालतले जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने...