समीक्षा बाँस्कोटाले गराइन् मेयरमा उम्मेदवारी दर्ताः भनिन् काठमाडौं वैकल्पिक राजनीतिको केन्द्र बन्दैछ
वि.सं.२०७९ वैशाख ११ आइतवार
काठमाडौ। काठमाडौंको मेयरलगायतका पदहरुमा उम्मेदवारी दर्ता सुरु भएको छ । विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा समीक्षा बास्कोटालले उम्मेदवारी दर्ता गराएकी छन् । उनले आइतबार राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
बाँस्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताएकी छन् । आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहेकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको बताइन् ।
‘परिवर्तनको संवाहक अब महानगरबासीले देखाइदिनु हुनेछ र वैकल्पिक किल्ला पनि बन्नेछ काठमाडौं’, उनले भनिन्, ‘किनभने काठमाडौं महानगरमा वैकल्पिक राजनीतिको केन्द्र हो भनेर यहाँका बासिन्दाले तराजु चिह्नमा मतदान गरी परिवर्तनको संवाहक बनेर देखाउनुहुनेछ ।’
प्रकाशित समय : १३:२३ बजे






















