back

जसपामा नेताबीच कुटाकुट, १० भन्दा बढी घाइते

nactional life

जनकपुरधाम। सत्तारुढ गठबन्धनको घटक दल जनता समाजवादी पार्टी नेपालमा टिकट वितरणको विषयलाई लिएर कुटाकुट भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धन आवद्ध अन्य दलहरुलाई उम्मेदवारी छनोट सकस भइरहेको समयमा जनता समाजवादी पार्टीमा टिकट वितरणलाई लिएर कुटाकुट भएको हो ।

आइतबार बिहान जनकपुरधामस्थित होटेल राजदरवारमा बसेको बैठकमा टिकट वितरण विषयमा भएको विवादले उग्ररुप लिँदा नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको हो ।

कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादव सहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएको जसपा धनुषाले जनाएको छ । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

स्रोतका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापडि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

मधेश प्रदेशभरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुर्‍याउन बिहानदेखि बसेको बैठकस्थलमा आएर आकांक्षी उम्मेदवारहरुले टिकटका लागि नेताहरुलाई दबाब दिँदै आएका थिए ।

तर, नेताहरुले उनीहरुलाई टिकट नदिइ अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरुको भीडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव र गजाधर रोहिता यादव लगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपीट गरेका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...