back

सिभिल बैंकको नाफा ७९.९१ प्रतिशतले बढ्यो

काठमाडौं । सिभिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७९.९१ प्रतिशत बढेर ९० करोड ४१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज ५९.३९ प्रतिशत बढेर २ अर्ब ४५ करोड ५२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५४ करोड ३ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ९१.४५ प्रतिशत बढेर १ अर्ब ३० करोड ३८ लाख ७३ हजार रुपैयाँ र वितरणयोग्य नाफा ४२ करोड ६८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेर ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ, जगेडा कोष ०.१३ प्रतिशत घटेर १ अर्ब ५५ करोड ४३ लाख ४६ हजार रुपैयाँ, निक्षेप २.३३ प्रतिशत बढेर ९० अर्ब ७० करोड ४० लाख ९९ हजार रुपैयाँ र कर्जा ६.२० प्रतिशत बढेर ८३ अर्ब ९३ करोड ६१ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५३ पैसाले बढेर १३ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।


वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनले कति दिंदैछ ?

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ असोज २ बुधवार १२:१९

काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

वि.सं.२०८१ भदौ ३० आइतवार ११:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु...

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२२

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच...

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१८

काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा...