काठमाण्डौ काँग्रेसमा खैलाबैलाः मेयर उमेदवार सिफारिसमा एकलौटी भन्दै युवानेताहरुले निकाले विज्ञप्ती
वि.सं.२०७९ वैशाख ९ शुक्रवार
काठमाण्डौ । आसन्न स्थानिय तहको निर्वाचनमा उमेदवारका आकांक्षीहरु देशैभर बढी रहेका छन् । दलहरुले आफना विधि र पद्धती अनुसार उमेदवार छानिरहेका छन् भने सार्वजनिक रुपमा लोकप्रिय मानिसहरुले स्वतन्त्र उमेदवारी पनि दिएका छन् ।
यसै सन्र्दभमा काठमाण्डौको मेयरको उमेदवार को हुने भन्ने विषयमा नेपाली काँग्रेसमा ठुलै रडाको देखिन्छ । काठमाण्डौ महानगरमा वडाहरुबाट सिफारिसमा परेकाहरुसँग कुनै छलफललै नगरी नगर समितिले बागमती प्रदेश समितिमा एकलौटी नाम सिफारिस गरेको भन्दै युवा नेताहरुले कडा आपत्ति जनाएका छन् ।
त्यसरी आपत्ति जनाउनेहरुमा काँग्रेस क्रियाशिल सदस्य एवं युवा नेताहरु बावुराम आचार्य र सागर भटराइ सहित अरु पनि रहेका छन् ।
उनीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै काठमाण्डौका वडाहरुबाट १७ जना विधिसम्मत मेयरका लागि सिफारिसमा भएका हुन् ।
उनीहरुसँग कुनै छलफलै नगरी ५ जनाको नाम एकलौटी प्रदेश समितिमा सिफारिस गरिनु आपत्तिजनक रहेको बताएका छन् ।
नेविसंघका पूर्वनेता तथा काँग्रेस क्रियाशिल सदस्य सागर भटराई र युवा नेता बावुराम आचार्यलाई काठमाण्डौ महानगरपालिकामा मेयरका लागि १० नं वडाले सिफारिस गरेको थियो ।
भटराई र आचार्य विगत २ दशकदेखि काठमाण्डौ केन्द्रित रहेर काँग्रेस राजनीतिमा क्रियाशिल छन् ।
नेपाली काँग्रेसको काठमाण्डौ नगर समितिले वुधबार नीलकाजी शाक्य, र्सिजना सिंह, हरिप्रभा खड्गी, इ शुसन वैध र प्रगतीमान शाक्यको नाम बागमति प्रदेश समितिलाई सिफारिस गरेको थियो ।

प्रकाशित समय : १२:४५ बजे






















