‘सामसुङ ग्यालेक्सी ए २३’ को मूल्य घट्यो
वि.सं.२०७९ वैशाख ९ शुक्रवार
काठमाडौं। सामसुङ ग्यालेक्सी ए २३ औपचारिक रुपमा बजारमा उपलब्ध भएसंगै यो फोनको बजार मूल्य रु २००० ले घटेको छ ।
सामसुङ ग्यालेक्सी ए २३ ६ जिबि/१२८ जिबिको लागि नयाँ वर्षको अफर मूल्य अब रु २९,९९९ कायम गरिएको छ ।
सामसुङ ग्यालेक्सी ए २३ ४ जिबि/६४ जिबिको लागि नयाँ वर्षको अफर मूल्य रु.२५,९९९ तोकिएको छ । सामसुङ ग्यालेक्सी ए २३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जिबि र्याममा उपलब्ध छ ।
यो फोनमा ६४ र १२८ जिबि भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडि कार्डको सहायताले १ टि बी सम्म बढाउन सकिन्छ ।
यो फोनमा एण्ड्रोइड १२ र वान् युआइ ४.१ छ । यो सामसुङ ग्यालेक्सी ए २३ मा ६.६ इन्चको एफएचडि प्लस स्क्रीन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ ।
क्यामराको रुपमा सामसुङ ग्यालेक्सी ए २३ मा ४ ओटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ ।
यस मोबाइलको मुख्य क्यामरामा ओ आइ एस जडित छ । ओ आइ एस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङ्गको संयोजन प्रयोग गर्छ, जुन कम प्रकाशमा पनि प्रष्ट र तीक्ष्ण फोटोहरु खिच्नको लागि पर्याप्त हुन्छ । यसले गर्दा फोटो खिच्दा कम्पन भए पनि फोटोमा त्यसको असर अत्यन्त कम पर्दछ ।
यो फोनमा ५,००० एमएएच को ब्याट्री लगाइएको छ, जुन २५ वाटको तीव्र गतिले चार्ज हुन सक्ने क्षमता छ र यसको बक्समा १५ वाटको एडप्टर रहेको छ ।
प्रकाशित समय : १२:५८ बजे






















