back

पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा वाइसिएल बागमती प्रदेशका संयोजक गौतम उठ्दै: को हुन् गौतम,के छन् एजेण्डा ?

काठमाडौ। नुवाकोटको पञ्चकन्या गाँउपालिकामा आसन्न स्थानीयतहको निर्वाचनमा अध्यक्षको उम्मेदवारमा नेकपा माओवादी केन्द्रबाट राजन गौतम ‘ नकुल’ उठ्ने भएका छन् ।राजनीतिक परिवर्तनको लागि जनयुद्धका नायकसमेत कहलिएका युवा हुन् ।

युवा माझ लोकप्रिय व्यक्तिको रुपमा रहेका गौतम जनताको हरेक दुःखसुखको सहयात्री, जनतालाई सेवा प्रवाह सरल रुपमा दिनुपर्छ भन्ने मान्यतामा जोड दिदै आएका छन् ।

पालिकाको विकास कसरी गर्नुपर्छ भनेर अहिलेका जनप्रतिनिधिका असल सल्लाहकारको रुपमा समेत रहेका गौतमलाई अहिले वडा वडामा भइरहेको भेलामा गौतमको चर्चा सुरु भएको छ।

यो पटक अध्यक्ष उपाध्यक्ष कसलाई बनाउने भनेर वडाले भन्दा पनि पालिकाले सिफारिस गर्ने भएकाले हामीले उहाँलाई अध्यक्ष बनाउनुपर्छ भनेर पठाउन नपाएको तर सबै युवाको माग अब गाँउपालिकाको अध्यक्षमा राजन गौतम हुनुपर्छ भन्ने छ, वडाभेलामा सहभागी युवाले भने ।

गौतम पाटी पक्तिमा मात्रै होइन विपक्षी पाटीमा पनि उत्तिकै लोकप्रिय रहेका छन । जनताको सेवा प्रवाह गुणस्तरीय, गाँउपालिकाको विकासको योजना सहित प्रस्तुत भएका उनको दक्षता र क्षमता विपक्षी पार्टीका उम्मेदवारलाई चुनौतीको रुपमा देखिएको छ ।

सानै देखि बिद्रोही स्वभावका गौतम अखिल क्रान्तिकारीमा आबद्ध भएर २०५६ बाटै परिवर्तन को संघर्षमा होमिएका हुन् । त्यतिबेला शैक्षिक विकासका लागि थानापतिको जनज्ञान माबिको शैक्षिक सुधारका माग सहित तालाबन्दी गर्दा उनको प्रमु इसख भूमिका थियो । त्यहींबाट उनको मनमा क्रान्तिको भावना अंकुरित भयो । त्यसपश्चात विद्यार्थि हरुलाई संगठित गरेर आन्दोलनलाई अघि बढाउन लागि परे ।

माओवादी आन्दोलनलाई बिस्तारै आफ्नो मन मुटुमा राखेर तमाम समस्याको हल माओवादी आन्दोलनले मात्र गर्न सक्दछ विश्वाससहित उनी २०५८ देखि माओबादीले सुरुवात गरेको जनयुद्धमा पूर्णकालीन भएर होमिएका थिए। त्यसपछि उनी निरन्तर युद्धको मोर्चाको अग्रभागमा रहेर काम गरिरहे ।

दर्जनौं सैन्य कारवाहीमा सहभागी उनी मकवानपुरको पशुपतिनगरमा भएको कारवाहीको क्रममा घाइते भएका थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि उनीपनि क्यान्टोनमेन्टमा गए । उनी चितवनको शक्तिखोरमा केहि समय पछि पार्टीको निर्देशन अनुरूप वाइसियल नेपालको रसुवा जिल्ला अध्यक्षको हैसियतले पार्टी काममा फर्किए ।

२०६३ को शान्ति प्रकिया पछि क्यान्टोनमेन्ट बाट सिधै रसुवा गएर युवा मोर्चा समाल्दै पार्टी गतिविधिमा सक्रिय बनेका गौतम वाइसिएल नेपालको केन्द्रीय सदस्य हुँदै हालसम्म वाइसिएल बागमती प्रदेश संयोजक र स्थायी समिति सदस्यको जिम्मेवारीमा रहेका छन ।

पार्टी सदस्य, एरिया सदस्य, जिल्ला सदस्य, राज्य समिति सदस्य, केन्द्रिय महाधिवेशन आयोजक कमिटी सदस्य, पञ्चकन्या गाउपालीका इन्चार्ज लगायतको जिम्मेवारीमा रहेर पार्टी काम मा सक्रिय रहे रहेका गौतम नेकपा हुँदा नुवाकोट क्षेत्र न १ को सचिवको जिम्मेवारीमा रहेका थिए ।

पार्टी जिम्मेवारीलाई जस्तोसुकै कठिन परिस्थिति मा पनि पुरा गर्ने सामर्थ्य राख्ने भएकोले पनि पार्टी नेतृत्व माझ उनी परिचित छन् ।

यस्तो छ गौतमले चाहेको गाउँपालिका निर्माणको योजना के छन् त एजेण्डा ?
सीपमुलक, गुणस्तरीय र प्रतिस्पर्धात्मक सरकारी शिक्षा प्रणालीको स्थापना गरी एक वडा एक आवासीय विद्यालय स्थापना गर्ने ।

आधुनिक सुविधायुक्त र दक्ष जनशक्ति सहितको अस्पतालको स्थापना गर्ने ।

युवाहरुलाई कृषिमा आकर्षित गर्न र कृषि लाई निर्वाहमुखी बाट ब्यबसायिक बनाउनको लागि विशेष अनुदानको व्यवस्था गर्ने  ।

यस गाउँ पालिकामा उत्पादित कृषि सामाग्रीको बजार ब्यबस्थापनको गाउँ पालिकाको पहलमा ग्यारेण्टी गर्ने।

कृषि व्यवसायलाई सरल र सहज बनाउनको लागि आधुनिक कृषि औजार निर्माण केन्द्र स्थापना गर्ने ।

यस पालिकामा रहेका धार्मिक तथा सास्कृतिक महत्वका स्थलहरूलाई ब्यापक बिकास र प्रर्बद्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने । यसमा कम्तिमा एक वडा एक पर्यटकीय स्थल को बिकास गर्ने ।

स्थायी खालका भौतिक पूर्वाधार निर्माणमा जोड दिने जस्तै पक्की र बार्है महिना चल्ने सडक निर्माण, स्वच्छ र सफा खानेपानी आयोजना, पर्यटकीय पदमार्ग आदी ।

स्थानीय शिप र सामग्रीको अधिकतम प्रयोग हुने सुनिश्चित गरी गाउँपालिकाको संयोजनमा उद्योगहरु स्थापना गर्ने र निजी स्तरमा खुल्न सक्ने उद्योगधन्दा लाई प्रोत्साहन गरी रोजगारीको अवसर सिर्जना गर्ने ।

काम गर्न योग्य नागरिकलाई आवश्यक तालिमको व्यवस्था गरी बैंक तथा वित्तीय संस्थासँग संयोजन गरी व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्ने ।

स्थानीय स्तरमा निर्माण कार्य गर्दा सम्भव भएसम्म स्थानीय शिप र साधनको प्रयोग गरी थप रोजगारीको अवसर सिर्जना गर्ने ।

विकास निर्माण गर्दा पालिका भित्रको, जोडिएका पालिकासँग सम्बन्धित र जिल्लाको धेरै पालिकासँग सम्बन्धित गरी छुट्टाछुट्टै योजना निर्माण गरी प्रदेश र केन्द्र बाट समेत थप बजेट ल्याउने र बिकास निर्माणको कार्यलाई तिब्रता दिने ।

विभिन्न पार्क, सहिद पार्क र उध्यानहरु निर्माण गरी पर्यटनको विकास गर्ने ।

समाज विकास र परिवर्तनका निम्ति लड्ने योद्धा हरुको परिवारको पहिचान गरी विशेष व्यवस्था गर्ने ।
धार्मिक तथा ऐतिहासिक महत्व झल्कने गरी सास्कृतिक बस्ती र होमस्टे निर्माण गर्ने ।

जोखिम युक्त बस्तीहरू को पहिचान गरी संरक्षण गर्ने ।

सरकारी सेवालाइ सर्वसुलभ र साधारण व्यक्तिको पनि सहज पहुँच हुने अवस्था निर्माण गरी जनउत्तरदायी स्थानीय सरकारको अभ्यास गर्ने ।

 

 

 


विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

वि.सं.२०८२ जेठ २ शुक्रवार १०:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...

भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२७

काठमाडौँ । ललितपुर महानगरपालिकाले भोलिदेखि (वैशाख १६ गते) सबै सामुदायिक...

ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच...

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:३९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेको...

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३४

रौतहट । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली...