back

पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा वाइसिएल बागमती प्रदेशका संयोजक गौतम उठ्दै: को हुन् गौतम,के छन् एजेण्डा ?

काठमाडौ। नुवाकोटको पञ्चकन्या गाँउपालिकामा आसन्न स्थानीयतहको निर्वाचनमा अध्यक्षको उम्मेदवारमा नेकपा माओवादी केन्द्रबाट राजन गौतम ‘ नकुल’ उठ्ने भएका छन् ।राजनीतिक परिवर्तनको लागि जनयुद्धका नायकसमेत कहलिएका युवा हुन् ।

युवा माझ लोकप्रिय व्यक्तिको रुपमा रहेका गौतम जनताको हरेक दुःखसुखको सहयात्री, जनतालाई सेवा प्रवाह सरल रुपमा दिनुपर्छ भन्ने मान्यतामा जोड दिदै आएका छन् ।

पालिकाको विकास कसरी गर्नुपर्छ भनेर अहिलेका जनप्रतिनिधिका असल सल्लाहकारको रुपमा समेत रहेका गौतमलाई अहिले वडा वडामा भइरहेको भेलामा गौतमको चर्चा सुरु भएको छ।

यो पटक अध्यक्ष उपाध्यक्ष कसलाई बनाउने भनेर वडाले भन्दा पनि पालिकाले सिफारिस गर्ने भएकाले हामीले उहाँलाई अध्यक्ष बनाउनुपर्छ भनेर पठाउन नपाएको तर सबै युवाको माग अब गाँउपालिकाको अध्यक्षमा राजन गौतम हुनुपर्छ भन्ने छ, वडाभेलामा सहभागी युवाले भने ।

गौतम पाटी पक्तिमा मात्रै होइन विपक्षी पाटीमा पनि उत्तिकै लोकप्रिय रहेका छन । जनताको सेवा प्रवाह गुणस्तरीय, गाँउपालिकाको विकासको योजना सहित प्रस्तुत भएका उनको दक्षता र क्षमता विपक्षी पार्टीका उम्मेदवारलाई चुनौतीको रुपमा देखिएको छ ।

सानै देखि बिद्रोही स्वभावका गौतम अखिल क्रान्तिकारीमा आबद्ध भएर २०५६ बाटै परिवर्तन को संघर्षमा होमिएका हुन् । त्यतिबेला शैक्षिक विकासका लागि थानापतिको जनज्ञान माबिको शैक्षिक सुधारका माग सहित तालाबन्दी गर्दा उनको प्रमु इसख भूमिका थियो । त्यहींबाट उनको मनमा क्रान्तिको भावना अंकुरित भयो । त्यसपश्चात विद्यार्थि हरुलाई संगठित गरेर आन्दोलनलाई अघि बढाउन लागि परे ।

माओवादी आन्दोलनलाई बिस्तारै आफ्नो मन मुटुमा राखेर तमाम समस्याको हल माओवादी आन्दोलनले मात्र गर्न सक्दछ विश्वाससहित उनी २०५८ देखि माओबादीले सुरुवात गरेको जनयुद्धमा पूर्णकालीन भएर होमिएका थिए। त्यसपछि उनी निरन्तर युद्धको मोर्चाको अग्रभागमा रहेर काम गरिरहे ।

दर्जनौं सैन्य कारवाहीमा सहभागी उनी मकवानपुरको पशुपतिनगरमा भएको कारवाहीको क्रममा घाइते भएका थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि उनीपनि क्यान्टोनमेन्टमा गए । उनी चितवनको शक्तिखोरमा केहि समय पछि पार्टीको निर्देशन अनुरूप वाइसियल नेपालको रसुवा जिल्ला अध्यक्षको हैसियतले पार्टी काममा फर्किए ।

२०६३ को शान्ति प्रकिया पछि क्यान्टोनमेन्ट बाट सिधै रसुवा गएर युवा मोर्चा समाल्दै पार्टी गतिविधिमा सक्रिय बनेका गौतम वाइसिएल नेपालको केन्द्रीय सदस्य हुँदै हालसम्म वाइसिएल बागमती प्रदेश संयोजक र स्थायी समिति सदस्यको जिम्मेवारीमा रहेका छन ।

पार्टी सदस्य, एरिया सदस्य, जिल्ला सदस्य, राज्य समिति सदस्य, केन्द्रिय महाधिवेशन आयोजक कमिटी सदस्य, पञ्चकन्या गाउपालीका इन्चार्ज लगायतको जिम्मेवारीमा रहेर पार्टी काम मा सक्रिय रहे रहेका गौतम नेकपा हुँदा नुवाकोट क्षेत्र न १ को सचिवको जिम्मेवारीमा रहेका थिए ।

पार्टी जिम्मेवारीलाई जस्तोसुकै कठिन परिस्थिति मा पनि पुरा गर्ने सामर्थ्य राख्ने भएकोले पनि पार्टी नेतृत्व माझ उनी परिचित छन् ।

यस्तो छ गौतमले चाहेको गाउँपालिका निर्माणको योजना के छन् त एजेण्डा ?
सीपमुलक, गुणस्तरीय र प्रतिस्पर्धात्मक सरकारी शिक्षा प्रणालीको स्थापना गरी एक वडा एक आवासीय विद्यालय स्थापना गर्ने ।

आधुनिक सुविधायुक्त र दक्ष जनशक्ति सहितको अस्पतालको स्थापना गर्ने ।

युवाहरुलाई कृषिमा आकर्षित गर्न र कृषि लाई निर्वाहमुखी बाट ब्यबसायिक बनाउनको लागि विशेष अनुदानको व्यवस्था गर्ने  ।

यस गाउँ पालिकामा उत्पादित कृषि सामाग्रीको बजार ब्यबस्थापनको गाउँ पालिकाको पहलमा ग्यारेण्टी गर्ने।

कृषि व्यवसायलाई सरल र सहज बनाउनको लागि आधुनिक कृषि औजार निर्माण केन्द्र स्थापना गर्ने ।

यस पालिकामा रहेका धार्मिक तथा सास्कृतिक महत्वका स्थलहरूलाई ब्यापक बिकास र प्रर्बद्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने । यसमा कम्तिमा एक वडा एक पर्यटकीय स्थल को बिकास गर्ने ।

स्थायी खालका भौतिक पूर्वाधार निर्माणमा जोड दिने जस्तै पक्की र बार्है महिना चल्ने सडक निर्माण, स्वच्छ र सफा खानेपानी आयोजना, पर्यटकीय पदमार्ग आदी ।

स्थानीय शिप र सामग्रीको अधिकतम प्रयोग हुने सुनिश्चित गरी गाउँपालिकाको संयोजनमा उद्योगहरु स्थापना गर्ने र निजी स्तरमा खुल्न सक्ने उद्योगधन्दा लाई प्रोत्साहन गरी रोजगारीको अवसर सिर्जना गर्ने ।

काम गर्न योग्य नागरिकलाई आवश्यक तालिमको व्यवस्था गरी बैंक तथा वित्तीय संस्थासँग संयोजन गरी व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्ने ।

स्थानीय स्तरमा निर्माण कार्य गर्दा सम्भव भएसम्म स्थानीय शिप र साधनको प्रयोग गरी थप रोजगारीको अवसर सिर्जना गर्ने ।

विकास निर्माण गर्दा पालिका भित्रको, जोडिएका पालिकासँग सम्बन्धित र जिल्लाको धेरै पालिकासँग सम्बन्धित गरी छुट्टाछुट्टै योजना निर्माण गरी प्रदेश र केन्द्र बाट समेत थप बजेट ल्याउने र बिकास निर्माणको कार्यलाई तिब्रता दिने ।

विभिन्न पार्क, सहिद पार्क र उध्यानहरु निर्माण गरी पर्यटनको विकास गर्ने ।

समाज विकास र परिवर्तनका निम्ति लड्ने योद्धा हरुको परिवारको पहिचान गरी विशेष व्यवस्था गर्ने ।
धार्मिक तथा ऐतिहासिक महत्व झल्कने गरी सास्कृतिक बस्ती र होमस्टे निर्माण गर्ने ।

जोखिम युक्त बस्तीहरू को पहिचान गरी संरक्षण गर्ने ।

सरकारी सेवालाइ सर्वसुलभ र साधारण व्यक्तिको पनि सहज पहुँच हुने अवस्था निर्माण गरी जनउत्तरदायी स्थानीय सरकारको अभ्यास गर्ने ।

 

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८३ साउन १० आइतवार १८:५०

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...