back

वैदेशिक रोजगार विभागको सक्रियता: एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ

nactional life

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ। विभागले सार्वजनिक गरेको २०८३ असार ०३ गतेको विवरण अनुसार, मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्।

विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम गरिरहेको छ। पछिल्लो विवरण अनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने ९ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। यसै गरी, ९ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैङ्कलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्र लगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ ।

संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायीहरूलाई ५ वटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरेको छ । त्यसै गरी, राहत, उद्धार तथा समन्वय शाखाको सक्रियतामा ६ जनाको उद्धार गरिएको छ भने २ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। उक्त शाखाले १० वटा नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा समेत प्रदान गरेको छ।

गुनासो व्यवस्थापनमा उच्च प्राथमिकताका लागि सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ मार्फत प्राप्त ११ वटा गुनासोमध्ये ९ वटाको तत्काल समाधान गरिएको छ । यस्तै, विभागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेका छन् भने अन्य प्रक्रियामा रहेका छन्।

युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालय र ह्वाट्सएप मार्फत प्राप्त हुने राहत तथा उद्धारका गुनासोहरूलाई थप प्रभावकारी बनाउन विभागले नयाँ प्रक्रियाको सुझाव दिएको छ। त्यसै क्रममा आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउँदा राहत तथा उद्धार कार्यमा थप प्रभावकारी हुने विभागले जनाएको छ। यो सक्रियताले वैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षणमा थप बल पुग्ने देखिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

वि.सं.२०८३ असार ३ बुधवार १२:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको...

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन 

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन 

वि.सं.२०८३ असार ३ बुधवार १२:२८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन...

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

वि.सं.२०८३ असार ३ बुधवार ०९:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा...

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...