back
himalayan life

ओली छोडेपछि सशक्त बन्दै नेपाल

काठमाडौं । नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका पार्टी अध्यक्ष माधव कुमार नेपाल सशक्त बन्दै गएका छन् ।

उनले शुक्रबार तिनकुनेमा पार्टी केन्द्रीय कार्यालय स्थापना गरेर औपचारिक रुपमा सञ्चालनमा ल्याएका छन् । उनले पत्रकारसँग कुराकानी गर्दै आफ्नो पार्टीले वास्तविक रुपमा कम्युनिष्टको नीति, सिद्धान्त र आचरणलाई आत्मसात गर्ने बताए । उनले नेकपा एमालेले कम्युनिष्ट चरित्र नदेखाएकोले वास्तविक रुपमा त्यसलाई अभियानकै रुपमा आफूहरुले अघि बढाउने समेत स्पष्ट पारेका छन् ।

धेरै नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उत्साहित देखिएका नेपालले भने ‘हाम्रो पार्टी अब सशक्त ढंगले अघि बढ्छ, जनताको जीवनस्तर उकास्न हामी सधैं लागि पर्नेछौं ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पार्टी नटिक्ने दाबी पटक–पटक गर्दै आएका छन् । तर, नेपालले भने एमाले भन्दा आफ्नो पार्टी ठूलो हुने र जनताले पनि आगामी निर्वाचनमा पत्याउने बताएका छन् । नेपालले प्राविधिक रुपमा पार्टी आफूले फुटाएको जस्तो देखिए पनि सबै दोष ओलीकै भएको बताएका छन् ।

पार्टीमा आन्तरिक विवाद हुँदा त्यसलाई समाधान गर्नुको सट्टा ओलीले एकलौटी ढंगले निर्णय गरेर नेपाल पक्षलाई पेल्न थालेपछि उनीहरु आक्रोशित भएका थिए ।

ओलीले केहीदिन अघि झापामा आयोजित पार्टी कार्यकर्ता भेलामा नेपालको पार्टीले वडा सदस्य समेत नजित्ने बताएका थिए । पार्टी विभाजन भएपछि एमाले अहिले देशव्यापी रुपमा कार्यकर्ता भेला गर्दै आएको छ ।

सरकारले भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल पक्ष त्यसको भोलिपल्ट निर्वाचन आयोगमा दल दर्ताको लागि पुगेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले २ गते नै अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

नेपालको पार्टीले भदौ ९ गते आयोगबाट औपचारिक रुपमा मान्यता पाएको थियो । नेपाललाई प्रदेश सांसदले उल्लेखनीय रुपमा समर्थन जनाएका छन् । नेपालसँग प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका ७ सांसद रहेका छन् ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)

२०७८ अशोज ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...