back
himalayan life

को हुन् राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्य, जसले जीवनभरि पाएको पारिश्रमिक नै दान गरे

समाजसेवाको क्षेत्रमा प्रख्यात नाम हो राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्य । जेभी फाउन्डेसनका केन्द्रीय पदाधिकारी प्रमुख संरक्षक डा. वैद्य राष्ट्रिय समाजसेवीको रुपमा परिचित व्यक्ति हुन् ।

उनको जन्म काठमाडौँको पशुपति क्षेत्रमा नै भएको हो । बाबु हरीबहादुर वैद्य र आमा कृष्णकुमारी वैद्यका एकल सन्तानको रुपमा उनी २०११ साल वैशाख ३ गते जन्मिएका हुन् ।

उनका दुई छोरा एक छोरी छन् । मेडिकल फिल्डबाट नै डिग्री सकेका छन् उनका छोराछोरीले । धार्मिक क्षेत्रभित्र जन्मिएका डा.वैद्य आफू पनि धार्मिक नै छन् । अर्थात उनी सेवालाई नै धर्म र कर्म मानेर अगाडि बढिरहेका छन् ।

उनी भन्छन् ‘धर्म गर्नका लागि कसैलाई प्रत्यक्ष रुपमा नै केही दिनुपर्छ भन्ने हैन, बाटोमा अव्यवस्थित रुपमा रहेको ढुंगालाई व्यवस्थित गर्नु पनि धर्म हो, यदि त्यो ढुंगा त्यही रहेमा अरु कसैलाई चोट लाग्न सक्थ्यो आफूले व्यवस्थित गरेपछि त्यो धर्म हो ।’

२०३५ सालको वैशाखमा अतिरिक्त कक्षाको पठनपाठन गर्ने र शिक्षालयमा जाने समयमा आफू आफ्नो गुरुबाट प्रेरित भएसँगै समाजसेवामा अग्रसर भएको बताउँछन् उनी ।

सेवा गर्दा दल, धर्म र जातको पछि कहिल्यै पनि नलाग्न आफ्नो गुरुबाट सिकेको उनको भनाई छ । उनी भन्छन् ‘गुरुले द बाट दल, ध बाट धर्म र ज बाट जातको पछि नलागी सेवामा लागियो भने सफल समाजसेवी भन्न सकिन्छ, भन्नु भएको थियो म अहिलेसम्म त्यही बाटोमा हिँडेको छु ।’

सामाजिक सेवमा अग्रसर उनले औपचारिक शिक्षामा पनि उचाई चुमेका छन् । उनले त्रिभुवन विश्वविद्यालायबाट स्वास्थ्य विज्ञान तथा प्रयोगशाला विषयमा डिग्री गरेका छन् । मेडिकल क्षेत्रमा नै रहेर नेपाल सरकारकै मातहतको जागिर समेत गरेको अनुभव उनमा छ । अझ अचम्मको कुरा त उनी भन्छन् ‘समाजसेवाकै क्रममा मैले विभिन्न ९१ मुलुकबाट ५३ हजार ६ सय ५४ वटा पुरस्कार पाएको छु ।’विभिन्न ९१ मुलुकबाट ५० हजार बढी पुरस्कार पाइसकेका छन् ।

“उनी अहिले पनि विभिन्न संवैधानिक आयोगहरुको प्रमुख सल्लाहकार, ४ सय ११ वटा नगरपालिका, ४२ वटा जिल्ला संयोजक समितिको प्रमुख सल्लाहकारलगायत गरी कुल ५ हजार ६ सय ३० निकाय तथा संस्थाको प्रमुख सल्लाहकार रहेका छन् ।”

वैद्यका अनुसार, उनी १४ सय ७६ वटामा प्रमुख संरक्षक समेत रहेका छन् । उनी भन्छन् ‘योबाहेक सल्लाहकारमात्रै त अझै धेरै ठाउँमा छु, सल्लाहकार मात्रै करिब १० हजार जति निकायमा छु होला ठ्याक्कै भने थाहा भएन ।’

उनी आफू सन्तुष्टिको लागि सेवा गरिरहँदा विभिन्न ठाउँ विशेषबाट यसरी सम्मान पाउँदा निकै खुशी भएको पनि बताउँछन् । आफ्ना खुशीहरु दर्शाउँदै भन्छन् ‘कुनै पनि आयोगले मबाहेक अहिलेसम्म कसैलाई धन्यवाद प्रमाणपत्र दिएको छैन, यो पनि एक उपलब्धी हो, राष्ट्रिय पुरस्कार पाउने तीन जनामध्ये म पनि एक हुँ ।’

देशभर सेवामूलक काम गर्दा आफूलाई धेरै ठाउँबाट धन्यवाद तथा प्रशंसापत्र आउँदा आफ्नो काममा थप उत्साह मिल्ने बताउँछन् उनी । उनी थप्छन् ‘कसैलाई लाग्न सक्छ एउटा मान्छे हरेक ठाउँमा सहयोगको लागि सहयोग गर्न कसरी पुग्न सक्छ ? यो कसरी सम्भव छ भनेर, यसमा मलाई सहयोग गर्न चाहने धेरै छन्, ती सहयोगी हातहरुलाई उनीहरुको पायक पर्ने स्थानमा आवश्यकता अनुसार उक्त सहयोग पु¥याउन आग्रह गर्छु त्यो मेरो तर्फबाट जान्छ ।’

उनले अहिले पनि नेपालका ५८ वटा भन्दा बढी गुरुकुल शिक्षालयमा वार्षिक रुपमै पुग्ने गरी सहयोग गर्दै आएका छन् । उनी भन्छन् ‘विभिन्न अनाथालय तथा विद्यालयहरु गरी ६० हजार जना ममाथि निर्भर रहेका छन् ।’

जेभी फाउन्डेसन
डा.वैद्य प्रमुख संरक्षक रहेको जेभी फाउन्डेसनले केही समय अगाडिमात्रै सरकारबाट स्वीकृत प्राप्त गरेको हो । सामाजिक संस्थाको लागि स्वीकृत दिएसँगै संस्थागत रुपमा यसले देशभरका मन्दिरहरुको संरक्षण तथा पुनरुत्थानका लागि सहयोग गर्दै आएको छ यदि कहीँकतै मुर्ति हराएको खण्डमा त्यस्तै मुर्तिहरु ल्याउनेजस्ता कार्यहरु पनि यही फाउन्डेसनले गर्छ । डा. वैद्य देशभर अहिलेसम्म १ हजार १ सय ७६ मठमन्दिर बनाउन सहयोग गरेको बताउँछन् ।

१० हजार व्यक्तिबाट दैनिक एक किलो चामल र र १ सय ११ रुपैंया जेभी फाउन्डेसनमा १ गते जम्मा हुन्छ ।
यतिमात्रै नभई साथै त्रिभुवन विश्वविद्यालय तथा प्रज्ञा प्रतिष्ठानमा रहेका मन्दिर तथा मुर्तिहरु पनि आफूले सहयोग गरेको उनको भनाई छ । देशभरका मन्दिरहरुमा घण्टादेखि मजुरसम्म समेत आफूले सहयोग गर्दै आएको उनले बताए । यतिमात्रै नभइ उनले अहिलेसम्म जीवनभरि पाएको पारिश्रमिक नै दान गरेका छन् ।

उनले भने ‘अहिलेसम्म सरकारले प्रज्ञा प्रतिष्ठानमा एउटा मन्दिर बनाउन समेत सकेको छैन त्यहाँ रहेको मुर्ति पनि मैले नै सहयोग गरेको हो ।’ उनले सहयोग गर्ने तथा राख्ने मुर्तिमा पनि उनको छुट्टै भित्रि कुरा छ ।

उनका अनुसार समाजसेवाका कार्यमा रहेकै क्रममा उनको एक भारतीय धनाढ्यसँग भेट भएको थियो, जसका छोराका सन्तान भएका थिएनन् । उक्त व्यक्ति उनलाई पशुपतिनाथसँग सन्तान मागिदिन भनेपछि उनले भगवान् पशुपतिनाथसँग मागिदिएका थिए, त्यसको केही समयपछि उक्त भारतीय व्यक्तिको छोरालाई सन्तान प्राप्त भएको थियो ।

त्यसपछि सोही व्यक्तिले उसले चिनेको मुर्ति कुद्ने भारतीय केही संस्थासँग भेटाएर वैद्यले मागे अनुसार मुर्ति दिन आग्रह गरेको उनको भनाई छ । अहिले पनि उनले केही मुर्तिहरु यहीँ कुदाउँछन् भने केही भारतबाट पनि लिने गर्छन् ।

यसरी पनि उनी धर्ममा समेत निकै आस्तिक छन् । अहिले पनि उनले बिहान दान नगरी पानी समेत लिँदैनन् । उनी आफ्नो धर्म ठानेर अहिलेसम्म १ सय ३० पटक रक्तदान समेत गरेका छन्, साथै भगवान् पशुपतिनाथको दर्शन गरेर मात्रै कार्यहरु सञ्चालन गछनर्् । अहिलेसम्म प्रार्थना गर्दा मागेको कुराहरु पूरा पनि भएको उनको भनाई छ ।

युवालाई सन्देश
युवा अवस्था भनेको घरको जगजस्तै रहेको बताउँदै उनी भन्छन् ‘यो समयमा राम्रो मान्छेको ओतमा लाग्नुपर्ने हुन्छ ।’ राम्रो मान्छे भन्नाले आफूलाई सत्मार्ग देखाउने वा त्यतैतर्फ लैजाने उनको बुझाई छ ।

‘मानव जिवनमा सबैभन्दा सजग हुनुपर्ने अवस्था भनेको युवा अवस्था हो, यो समयमा आफूभन्दा अघिल्लो श्रेणीका र राम्रा मान्छेको संगत गर्नुपर्छ ’ उनले भने ‘अहिलेका युवाहरु आफ्नो खाने खाना र जाने स्थानमा पनि ध्यान पु¥याउँदैनन्, जसले गर्दा युवा अवस्थामा नै बिरामी हुने तथा गतल कार्यमा सरिक हुन पनि पुग्छन् त्यसैले जिवनमा व्यक्ति सकारात्मक हुनको लागि उसले खाने खाना र रहने स्थान पनि उत्तिकै राम्रो हुनुपर्दछ ।’

चाहना
देशलाई पेरिस सहरजस्तो भएको देख्ने आफ्नो चाहना अथवा मनोकांक्षा भएको बताउँछन् । सबैभन्दा पहिलो पटक बाहिर गएको पेरिस सहर नै आफूलाई मन परेको बताउँदै नेपाल पनि पेरिस जस्तो भएको हेर्ने उनको आकांक्षा छ ।

साथै युवाहरुलाई देशमा नै केही गरेर सक्षम गराउन पाए हुन्थ्यो भन्ने आफूमा चिन्ता रहेको बताउँछन् । ‘युवालाई कसरी स्वदेशमै रोजगार दिन सकिन्छ, यही काममा प्रेरित गर्न के गर्न सकिन्छ, देशको कल्याण कसरी गर्न सक्छांै भन्ने कुराले म सधैं चिन्तित हुन्छु ’ उनले भने ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)

२०७८ अशोज ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

वि.सं.२०८३ असार ४ बिहीवार १०:४८

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...