माधव नेपालको गृह जिल्लामा को– कता ?
वि.सं.२०७८ भदौ ४ शुक्रवार
रौतहट । संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन ।
यसैबिच नेता नेपालको गृह जिल्ला रौतहटमा पार्टी कार्यकर्ताहरु को कस्को पक्षमा छन भन्ने कुरा अन्योलमा रहेको छ । जिल्लामा नेपाल पक्षमा लागेका नेताहरू पनि पार्टी विभाजनपछि अलमलमा रहेका छन ।
रौतहटमा माओवादी केन्द्रसंग गठबन्धन हुनु भन्दा पहिला नेकपा एमालेमा ८१ सदस्य जिल्ला कमिटि रहेको थियो । जसमा माधब पक्षमा ५० सदस्य र संस्थापन पक्षमा ३१ सदस्य रहेको नेकपा जिल्ला कमिटि सदस्य शिव आचार्यले बताए ।
जिल्लाबाट केन्द्रिय सदस्यमा नेकपा एमालेका जिल्ला ईन्चार्ज लालबाबु यादव संस्थापन पक्षमा छन भने कल्याणी कुमारी खड्का र सरला कुमारी यादव माधब पक्षमा रहेका छन ।
एमालेबाट सांंसद बनेकी रेखा झा पनि संस्थापन पक्षमा रहेको बुझिएको छ । त्यस्तै नेकपा एमालेको प्रदेश कमिटी सदस्यमा रौतहटबाट संस्थापन पक्षमा ९ जना र माधब पक्षमा ७ जना रहेको नेकपा एमाले प्रदेश कमिटि सदस्य उद्धब रेग्मीले बताए ।
यता बिगतमा माओबादि केन्द्रमा रहेका पूर्व मन्त्री प्रभु साहको पक्षमा ६ जना प्रदेश कमिटि सदस्य रहेका छन । प्रभु साह र उनि निकट नेताहरु पनि नेकपा एमालेको संस्थापन पक्ष मै बस्ने विश्वास संस्थापन पक्षको रहेको छ ।
नेकपा एमाले संस्थापन पक्ष प्रदेश कमिटि सदस्यमा उद्धव रेग्मी, अब्दुल कलाम आजाद, दिलिप साह, सचितानन्द साह, जय चन्द्र पटेल, कपिलदेब पटेल, गलाम सरोवर माधब नेपाल पक्षका महेन्द्र चौलागाई, जयरानी देवि सहनि, कमलेश झा, शम्भु साह, हरिनारायण यादब, गिरिधारी मिश्र रहेको बुझिएको छ ।
विगतमा माधवकुमार नेपालको समर्थनमा रहेका नेताहरू नयाँ पार्टीको पक्षमा नखुलकोे, अलमलमा रहेको र ढिलो चाडो संस्थापन पक्षमै आउने रेग्मीले बताए । जिल्लामा एमालेका धेरै नेता तथा कार्यकर्ताहरु पर्ख र हेर को रणनीतिमा रहेको पाईन्छ ।
सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताए पछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल बीच बढ्दै गएको मतभेद विभाजन सम्म पुगेको हो । एमालेको विभाजन पछि ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘सम्बन्ध विच्छेद’ भएको छ ।
२०४६ साल पछि संस्थापनबाट अलग भएर बनेका नयाँ पार्टी नफस्टाएको र बरिष्ठ नेता माधब नेपाल पनि अप्ठ्यारो बाटोमा हिडेको राजनितिमा चासो राख्ने बुद्धिजिवि वर्गको बुझाई रहेको छ ।
२०७८ भदौ ४ गते प्रकाशित
प्रकाशित समय : ०७:५५ बजे






















