back

अमेरिकाद्धारा रकेट आक्रमणको निन्दा

nactional life

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणबारे संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् ।

‘संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनस्र्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि दु्रत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं’ प्राइसले पत्रकार सम्मेलनमा भनेका छन् ।

मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेटहरु आक्रमण भएको जनाइएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताए ।

ईदको नमाजपछि समारोहमा बोल्नु हुदै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् ।

२०७८ साउन ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...