back

टेलिकमका हाकिम कर्मचारीद्धारा रातभर कार्यालयमै थुनिए

nactional life

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई कर्मचारीले मंगलबार राति कार्यालयमा नै थुनेका छन् । नियमावली संशोधनको विषयमा असन्तुष्ट भएका टेलिकमका कर्मचारीले आफ्ना मागहरु सुनुवाई नगरेको भन्दै निर्देशक अधिकारीलाई मंगलबार राति कार्यालयमै थुनेका हुन् ।

आज बुधबार दिउँसो माग पूरा गर्ने सर्तमा उनीहरुले हाकिमलाई आज बिहान छोडिदिएका छन् ।

उप–प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने व्यवस्था रहेकोमा नयाँ विनियमावलीले यो व्यवस्था हटाएसँगै टेलिकमका सबै कर्मचारी युनियनहरू संयुक्त आन्दोलनमा रहेका गरेका छन् ।

कर्मचारी युनियनहरुले प्रबन्ध निर्देशक, उप–प्रबन्ध निर्देशक, निर्देशक जस्ता उच्च तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थाले निरन्तरता पाउनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलन गरेका हुन् । क्यापिङको व्यवस्था हटाउँदा तल्लो तहमा कार्यरत कर्मचारीको बढुवा रोकिने भन्दै कर्मचारी युनियनले विरोध गर्दै आएका छन् ।

लोकसेवा आयोगले पनि सिनियर तहका कर्मचारीमा रहँदै आएको क्यापिङको प्रावधान हटाएको छ । प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

२०७८ साउन ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...