back

अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चिनियाँ कुटनीतिज्ञद्वारा चासो व्यक्त

nactional life

काठाडौँ । अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् ।

उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरेका छन् । अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ ।
अन्तर–अफगान मध्यस्थता वार्तामा प्रगति हुनुको साटो अझ जटिलता थपिएको छ । सुरक्षा अवस्थामा पनि निरन्तर खस्किदो अवस्थामा छ भने आर्थिक तथा मानवीय अवस्था कमजोर हुँदै गएको छ, राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले बताए।
सुरक्षा परिषद बैठकमा सम्बोधन गर्दै श्री झाङले भने, “चीनले यस अवस्थाका बारेमा गहिरो चासो व्यक्त गर्दछ । अफगानिस्तानको वर्तमान अवस्था सिर्जना भइरहेका कारणका बारेमा हामीले निकै ध्यानपूर्वक विचार गर्नु आवश्यक छ । अफगानिस्तानमा दिगो स्थायित्व हासिल गर्न सबै पक्षले ध्यान दिनु आवश्यक छ ।”
अफगानिस्तानको भविष्य अफगानी जनताकै हातमा छ, र भावी राजनीतिक व्यवस्थाका बारेमा पनि स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार अफगानी जनतालाई नै दिनु पर्दछ, उनले भने ।
अन्तर्राष्ट्रिय समुदायले अफगानी नेतृत्व र अफगानी जनताकै स्वामित्वको सिद्धान्तबाट अघि बढ्नुपर्ने बताउँदै उनले अफगानिस्तानमा शान्ति प्रक्रियालार्य स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउनु पर्दछ भने।
श्री झाङले अफगानिस्तानका सबै पक्षहरुले मुलुक र यसका जनताको चासोलाई ध्यानमा राख्नु पर्दछ भन्दै अफगानिस्तानको राष्ट्रिय अवस्थालाई सुहाउँदो शासकीय मोडेल र विकास मार्ग चुन्न सक्ने वातावरण बनाउनुपर्ने बताए।
चीनले अफगानिस्तानमा शान्ति प्रक्रियामा मद्दत गर्न, मध्यस्थता गर्न र सहजीकरण गर्न निरन्तर मद्दत गरिरहने उनले बताए ।

२०७८ असार ९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...