back

बिहे गर्छु भन्दै लगेर २० दिनपछि मुसहर जातीको भनि प्रेमीका र्फिता

काठमाडौँ । सर्लाहीको विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती यतिबेला घरेलु हिंसाको सिकार बन्न पुगेकी छिन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर लैजान मानेनन् ।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर गएको २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको युवतिले बताईन् ।

आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताए। “जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो”, अर्का दलित अगुवा राजेश पासवानले भने । भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गरे । नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ । उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गरेका छन् ।

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताए ।

२०७८ जेठ १६ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...