back

रोल्स रोयसको विश्वकै महँगो लक्जरी कार सार्वजनिक, कति पर्छ मूल्य?

nactional life

काठमाडौँ । लक्जरी कार निर्माता चर्चित कम्पनी रोल्स रोयसले विश्वको सबैभन्दा महँगो कार सार्वजनीक गरेको छ । रोल्स रोयसले हालै विश्वकै सबैभन्दा महँगो ‘बोट टेल’ नामक लक्जरी कार सार्वजनीक गरेको हो । यो कारको मूल्य २० मिलियन पाउन्ड अर्थात ३२८ करोड नेपाली रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार यो कार ४ वर्षको अथक मेहनतपश्चात तयार पारिएको हो । रोल्स रोयस बोट टेल चारवटा सिट भएको लक्जरी कार हो र यो १९ फिट लामो रहेको छ।

यो पहिलो रोल्स रोयस कार हो, जसलाई लक्जरी कार निर्माताले कोचबिल्ड प्रोग्रामअन्तर्गत निर्माण गरेको छ।

स्वेप टेललाई रोल्स रोयसले सन् २०१७ मा लगभग १७२ करोड नेपाली रुपैयाँमा बेचेको थियो। यो कारको केवल एउटामात्रै मोडल लन्च भएको थियो। युरोपका एकजना धनाढ्यको आग्रहमा यो लक्जरी कारको निर्माण गरिएको थियो।

रिपोर्टका अनुसार बोट टेल कारको तीनवटा मोडल लन्च गरिनेछ। यो कारको पछाडिपट्टिको भाग एउटा लक्जरी स्पिडबोटसँग मिल्दोजुल्दो रहेको छ।

रोल्स रोयसका सीईओ टार्सटन मुलरले यो कारलाई कुनै पनि होलिडेका लागि वा पिकनिक मनाउनका लागि हरप्रकारका सुविधाहरुका साथ तयार गरिएको र योभन्दा राम्रो प्याकेज अन्य कुनै पनि कारमा प्राप्त नहुने दाबी गरे। यसका साथै यो कारमा एउटा १५–स्पिकरको साउन्ड सिस्टम पनि रहेको छ। यो सिस्टमलाई यस्तो प्रकारले मोडिफाई गरिएको छ कि जसबाट कारको प्लेटफर्म एउटा साउन्ड बक्सजस्तै प्रयोग हुन सक्छ।

यो कारका लागि स्विट्जरल्यान्डको प्रतिष्ठित घडी निर्माता कम्पनी ‘वोबी १८८२’ ले एउटा विशेष घडी तयार पारेको छ। यो कारमा त्यही इन्जिनको प्रयोग भएको छ, जुन यसअघिका रोल्स रोयस कलिनन, फ्यान्टम र ब्ल्याक ब्याजजस्ता लक्जरी कारमा प्रयोग भइसकेको छ। यसमा रहेको इन्जिन भी१२ ६.७५ बाइटर्बो इन्जिन ५६३ एचपीको पावर दिन सक्षम रहेको छ।

२०७८ जेठ १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...