back

एनआरएन अमेरिकाको निर्वाचन : विष्णु केसी क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि बलियो दाबेदार !

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला जता-ततै चुनाव लागेको छ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनएको राष्ट्रिय समन्वय परिषद् एनसीसीको आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार -प्रसार अभियानमा व्यस्त छन् । यसैबीच एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि विष्णु खत्री (केसी) ले उमेरद्वारी घोषणा गरेका छन् ।

क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि केसीले आफ्नो सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् ।

मे २९ तारिखमा हुने निर्वाचनका लागि उपाध्यक्षका उमेरवार विष्णुले आँफुले अहिलेसम्म गरेको समाजसेवा, त्याग, तपस्याका कारण आँफु क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि बलियो दाबेदार भएको बताएका छन् ।

ओखलढुंगा जिल्लाको हाल सुनकोशी गाँउपालिकामा जन्मेका केसी सात वर्षदेखि अमेरिकाको क्यार्लिफोनिया स्थित सानफ्रान्सीकोमा बस्दै आएका छन् ।

पहिलैदेखि सामाजिक सेवामा अग्रसर केसीले कोरोना कालको जोखिममा पनि विभिन्न संघ संस्थामा आवद्ध भई तथा व्यत्तिगत रुपमा पनि अमेरीकामा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

नेपाल प्रहरीको सेवाबाट अवकाश पाएपछि अमेरिका पुगेका केसीको पहिलै देखि सामाजिक कार्यमा रुची राख्ने केसीले नेपाल प्रहरीको सेवामा रहेको अवस्थामा मन्दिर, धारा आफ्नै लगानीमा गाँउमा बनाएका थिए । कोरोनाको महामारीको समयमा सानफ्रान्सीकोमा आफैले प्रयोग गरेको गाडि समेत नेपालीहरुको सहयोगमा दिएका थिए ।

अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदकालागि उमेद्वारी घोषणा गरेका केसीले आफ्ना ८ बुँदे कार्ययोजना समेत घोषण गरेका छन् ।

♦ नेपाली समुदायलाई अति आवश्यक कम्युनिटी हल निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका साथ लागि पर्न। ,

♦ नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र मार्केट तथा अवसरलाई मध्यनजर गरी यस राज्य तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड ,

♦ नेपालवाट विभिन्न माध्यमवाट तत्काल यहाँ आई पुग्नु हुने हरेक नेपालीलाई सुरुमा समस्या पर्दछ तसर्थ उहाँहरूको लागि गा‘स, बास र जागीरका लागि सहयोग गर्ने,

♦ जेहेन्दार बिद्यार्थीका लागि छाात्रवृतिको व्यवस्थाका साथै अन्य विद्यार्थीहरुलाई आवश्यकता अनुसारको अन्य सहयोग उपलब्ध गराउने,

♦ भैपरी आउने सुख दुःख का सवै कार्यहरुमा आफ्नो कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी भूमिका निभाउने,

♦ विभिन्न भिषामा नेपालवाट केही समयका लागि आउनु हुने आमा वुवाहरुका लागि निशुल्क उपचारको व्यवस्था गर्न आवश्यक प्रकृयाका लागि सहयोग पुर्याउने,

♦ क्यालिफोर्निया राज्यको विभिन्न स्थानहरूमा छरिएर रहेका नेपालीहरूको लागी मुख्य मुख्य शहरमा सामुदायिक केन्द्र स्थापना गर्न नेपाली समाज भन्दा बाहिर बिदेशी संघ संस्था तथा व्यक्तिहरुसंग डोनेसनको लागी पहल गरी जत्ति सक्दो चाढो स्थापना गर्न जोड दिने

♦  स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श डेस्क स्थापना गर्ने आफनो कार्ययोजनामा समाबेश गरेका छन् ।

केसीले आफु स्वतस्फुर्थ मनसायले समाजको सेवा गर्न ऊत्प्रेरित भएर आएको हुनाले समाजको सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

‘गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदको लागि अहिले म चुनाबी मैदानमा छु’ उपाध्यक्ष पदक दाबेदार केसीले भने,‘मेरा लागि क्यालिफोर्निया वासी सम्पुर्ण दाजुभाई दिदी–बहिनी तथा आमा,बुबा र आफन्तजनहरुको बहुमुल्य मत अहिलेको आवश्यता हो।

’ यदी तपाईहरुको बहुमल्य मतबाट म बिजयी भएको खण्डमा तपाईहरुको मतको अबमुल्यन हुन दिने छैन।’ उनले आफ्ना मतदाताप्रति प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

२०७८ जेठ १२ गते प्रकाशित।

 

nactional life
Corporatebazar 11 Anniversary

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...