back

अब विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

काठमाडौँ । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ ।

आयोगले विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।

आयोगले निर्देशिकाको संशोधित मस्यौदामा सरोकारवालाको राय सुझाव संकलन गरिरहेको छ । त्यसपश्चात् उक्त निर्देशिकाको संशोधित मस्यौदाले अन्तिम रूप पाउने आयोगका सदस्य रामप्रसाद धितालले बताए ।

‘हामीले यही व्यवस्था गर्न नै निर्देशिका संशोधन गर्न लागेका हौं । संशोधनको आवश्यक प्रक्रिया सकिएर लागू भएपछि विद्युत् कम्पनीहरूले बैंकको ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउनेछन्,’ उनले भने, यस सम्बन्धमा हामीले नेपाल धितोपत्र बोर्डसँग छलफल गरिसकेका छौं । यस सम्बन्धमा निकट भविष्यमा कुनै कानूनी समस्या पनि आउने छैनन् ।’

मस्यौदाअनुसार कम्पनीहरूले बैंकको ऋण तिर्ने प्रयोजन नै भनेर पूर्वस्वीकृतिका लागि आयोगमा आवेदन दिन सक्नेछन् । कम्पनीले आयोगबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । यसरी उठाइएको रकम अन्य प्रयोजनमा खर्च गर्न नपाइने आयोगका सदस्य धितालको भनाइ छ ।

‘बैंकको ऋण तिर्ने भनेर हकप्रद शेयर जारी गरेपछि अन्य प्रयोजनमा त्यो रकम खर्च गर्न भने पाइँदैन ।

आर्थिक अभियान दैनिकमा समाचार छ

२०७८ जेठ १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...