प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
वि.सं.२०८१ चैत १५ शुक्रवार
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ८ बजे बैठक बस्ने बालुवाटार स्रोतले बताएको छ।
राजावादीको आजको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
प्रकाशित समय : १८:४७ बजे

















